Menu Close

अन्तर्नाद (गीजलसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो।लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो। माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ। गजलभित्र पनि पृथक् स्वाद र संरचनाको अभ्यास गरेको छु।”

आलु मूला (१०१ हास्यव्यंग्य कवितासंग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “आलु मूला” डा. बमबहादुर जितालीद्वारा तयार पारिएको हास्यव्यंग्य कवितासंग्रह हो।प्रस्तुत कविता-संग्रहमा २०४५ सालदेखि २०७५ साल, जेठ ३० गतेसम्म सिर्जना भएका लेखकका हास्यव्यंग्य कविता समेटिएका छन्।यो पुस्तक केवल विकृति-विसंगतिगत प्रवृत्तिप्रति व्यंग्यको बम रहेको छ।यस पुस्तकमा संलग्न कविताहरू जहिले पनि ताजा, स्वादिला र समसामयिक लाग्ने विश्वास हामीले…

कुलुङ्गाकी आमा (निबन्ध संग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो।डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन्। राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले…

कुत्ताके जनमदिन (मैथिली कविता संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “कुत्ताके जनमदिन” गोपाल नेपालद्वारा तयार पारिएको मैथिली कविता संग्रह हो।यस पुस्तकमा रहेका कविताहरू गोपालजीद्वारा विभिन्न मंचहरूमा वाचन भएका छन्।यी कविताहरू पढेर तराईको पिछडिएको जाती ‘मुसहर’को विचारको प्रतिनिधित्व गरेको आभास हुन्छ।

लघु कथा (खण्ड २)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “लघु कथा (खण्ड २)” कमलमणी दिक्षित द्वारा रचिएका र ज्ञाननिष्ठ ज्ञवालीद्वारा सम्पादन गरिएका लघु कथाको संग्रह हो।पाठकले छोटो समयमा कमल दिक्षितका लघुकथाको मीठो स्वाद निकै चाखपूर्वक लिन सक्ने विश्वास हामीले लिएका छौं।संक्षेपमा भन्नु पर्दा कमल दिक्षितका लघुकथाहरू हास्यव्यंग्यात्मक छन्। लघुकथाले थोरैमा धेरै भन्न सक्ने क्षमता…

मान्छे र फूल (निबन्धसंग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “मान्छे र फूल” गणेशराज जोशीद्वारा तयार पारिएको निबन्धसंग्रह हो।पुस्तकबाट साभार:“निबन्धसंग्रहको नाम त्यसैभित्रको एउटा निबन्धका नामबाट राखिएको छ। सिंगो सृष्टिको परिधिभित्र सिर्जित सिर्जनामध्ये स्थावारमा फूल र जंगलमा मान्छे नै सर्वोत्कृष्ट रचना हुन् जस्तो लाग्छ। मानवजीवन र पुष्पजीवन आफैमा महिमामण्डित छन् र यी दुवैको पारस्परिक सम्बन्ध विविध…

गुमनाम खेलाडी

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “गुमनाम खेलाडी” निरन्जन आचार्यद्वारा तयार पारिएको उपन्यास हो।विदेशिने क्रममा अवश्य पनि युवा बेरोजगार, मुलुकको राजनीतिक अस्थिरता जस्ता कुराहरू कारणको रुपमा देखा परेको छ। त्यस्तै विकसित देशहरूमा गई अनेक सपना, महत्वाकांक्षा र लोभले सोच्दै नसोची आफ्नो भविष्य दाउमा लगाउने नेपाली युवाहरू पनि बढिरहेका छन्। यिनै नकारात्मक…

काँचको चुरा

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “काँचको चुरा” सानु नानाद्वारा तयार पारिएको उपन्यास हो।‘काँचको चुरा’ नेपाली विधवा महिलाहरूको काँचको चुराप्रतिको रहर र ममताको वियोग गराउने प्रथालाई तोड्ने अन्तिम धक्का हुन सक्ने अपेक्षा हाम्रो रहेको छ।

कालिगढ

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो।‘कालिगढ’ कथाकार बुढाका २२ वटा कथाहरूको संग्रह हो भने शिर्षकथा ‘कालिगढ’ तिनै मध्येको एउटा प्रतिनिधि कथा हो।‘कालिगढ’ नेपाली आधुनिक, अथवा, अझ उत्तरआधुनिक कथा-साम्राज्यमा एउटा चक्रवर्ती सम्राटको रुपमा प्रतिष्ठित हुन सक्तछ।अति सूत्रात्मक रुपमा भन्नु पर्दा, आञ्चलिक आस्वाद, प्रादेशिक…

इन्द्रधनुष (कवितासंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “इन्द्रधनुष” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको एक कवितासंग्रह हो।यो पुस्तक डा. ज्ञवालीका फुटकर कविताहरूको संग्रह हो।यी कविताहरू २०६८ साल पछि लेखिएका कविताहरूमध्ये लेखकलाई राम्रा लागेका र उनको कवितायात्राको चौथो चरणका फुटकर कविताहरूको प्रतिनिधित्व गर्ने कविताहरू हुन्।पुस्तकबाट साभार:“त्यस्तो आदर्श यात्रामाकहिले हिंडुला नि म?इर्ष्याका द्वेषका वृक्षकहिले गिडुला…