Menu Close

सुदूर पश्चिमका उखान

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुदूर पश्चिमका उखान” गणेशराज जोशीद्वारा तयार पारिएको संकलन सामग्री हो।यो पुस्तक उखानहरूको सङ्कलन हो।यसमा डोटेली, अछामी, बझाङ्गी, बैतडेली भाषाका जनजिब्रोमा प्रचलित उखानहरू समावेश गरिएका छन्।

कुमाता (कथासंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कुमाता” वसन्त पराजुलीद्वारा तयार पारिएको कथासंग्रह हो।यस पुस्तकका कथाहरू सामाजिक र सत्यसँग नजिक भएकाले कथा पढ्दा हृदयलाई नजिकैबाट छोएको अनुभूति हुन्छ।कथाहरूमा मानवीय प्रवृत्तिको सूक्ष्म विश्लेषण भएको छ। मन र मस्तिष्कसम्म प्रभाव पार्ने कथाहरूमा कथाकार पराजुलीको आफ्नोपन छ। यही पनले नै आधुनिक नेपाली कथालाई समृद्ध बनाउनमा…

गतिमान् गण्डकी (खण्डकाव्य)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “गतिमान् गण्डकी” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको खण्डकाव्य हो।मोदनाथ मिश्रितका शब्दमा “कविले सानो आकारको काव्यमा देश र मानवताका अनेकौं पक्षहरूलाई आफ्नो कल्पनाका बुट्टाले सजी अनुभूतिमा डुबाएर सजीव पारी प्रस्तुत गरेका छन् र लय मिलेको व्यवस्था ल्याउन छन्द र लयमै भावहरू पस्किएकाले ती बढी मनोहारी र प्रभावशाली…

जून चुहेको रात (गजलसंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “जून चुहेको रात” डा. घनश्याम न्यौपाने “परिश्रमी”द्वारा तयार पारिएको गजलसंग्रह हो।उपप्रा. रामप्रसाद ज्ञवालीका शब्दमा “घनश्याम न्यौपानेका गजलहरू अनुभूति, कल्पना र वैचारिकताका त्रिवेणी हुन्। उनका गजलहरू पढ्दा पाठकले भुक्तभोगी र यथार्थबोधी अनुभूतिको अभिव्यक्तिका रुपमा तिनलाई पाउँछ। अनुभूतिमा नाभिजिकाना कोरा कल्पना र रूढ शास्त्रज्ञानले मात्र लेखिएका रचनाले…

बाँसुरीको धून

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “बाँसुरीको धून” जगन्नाथ दाहालद्वारा तयार पारिएको छन्द बहरबद्ध गजल संग्रह हो।बाँसुरीको धून विभिन्न बहारमा लेखिएका गजलहरूको संग्रह हो। धेरै जसो बहुप्रचलित खालका बहर छन् भने कति शास्त्रीय छन्दलाई आत्मसात गरेर लेखिएका छन्। जे जसरी लेखिए पनि गजलकै वृत भित्र रचिएका गजलहरू यसमा छन्।यस कृतिमा शास्त्रीय…

बौलाहाको डायरी

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बौलाहाको डायरी” भरत पोखरेलद्वारा तयार पारिएको कविता संग्रह हो।प्रस्तुत कविता संग्रहमा पोखरेलले समसामयिक नेपालको राजनीति, यहाँका नेता, तिनको चरित्र, मुलुकको दुरवस्था, देशको सार्वभौमिकता, प्रकृतिमाथि मानवले गरेको अतिक्रमण, भ्रष्टाचारको बिगबिगी, विपन्न जनताका पीडा, युवाहरूको विदेश पलायन, महिला, दलित र पछाडी परेका वर्गका विवशता, सामाजिक विकृति, विसंगति…

असमन्जस

मूल्य रु. १०१/- भुँडीपुराण प्रकाशनको “असमन्जस” अजय अलौकिकद्वारा तयार पारिएको काव्यात्मक अभिव्यक्तिहरूको संग्रह हो।लेखकका शब्दमा:“मेरा यी शब्दहरूनिष्कपट रूपमा निस्वार्थ भावनाले प्रस्फुटित भएका हुन्जसरी झरेका छन् झरनाआफ्नै ढंगले आफ्नै रंगले आफ्नै रुपमात्यसरी नै मैले मेरो मनोभावना पोखेको हुँ यस ठाउँमाथाहा छैन मलाई झरना उन्मादमा या रमाउदै झरेको होया त चिच्याएको हो…

असुरग्याँस!

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो।देवी नेपालका शब्दमा “विस्मात्-वेदना, वितृष्णा-विद्रोह, विचार-विश्वास, विमला-विभावाना गरी चार खण्डमा विभाजित जम्मा २९ वटा कविताहरूको संग्रह बन्न पुगेको प्रस्तुत कृति वैचारिक दृष्टिले मात्र नभएर कलाका दृष्टिले पनि उत्तिकै उच्च कोटिको छ। सबै शिर्षकमा ‘व’लाई मन पराउने ज्ञवालीको…

अर्को झयाइंकुटी

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “अर्को झयाइंकुटी” माणिकरत्न शाक्यद्वारा तयार पारिएको हास्यव्याग्यात्मक संस्मरण संग्रह हो।प्रा. मोहनराज शर्माको दृष्टिकोणमा माणिकरत्न शाक्य:– हास्यव्याँग्यद्वारा मनोरंजन दिनु।– रचनामा हास्यको प्रबलता र व्यंग्यको खुराकी।– सामाजिक विषयवस्तु अँगाल्ने।– संगालोका सबै रचनामा ‘म’ पात्र।– आफूलाई बलिको बोको बनाएर अरूलाई हँसाउने।– आफूले भोगेका यथार्थलाई ठट्यौली पारामा प्रस्तुत।– रसिला,…

ऐंजेरुको छेस्को

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “ऐंजेरुको छेस्को” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजलसंग्रह हो।यस गजलसंग्रहमा जगन्नाथ दाहालले अधिकांश गजलमा शास्त्रीय छन्द तथा बहरको प्रयोग गर्नुभएको छ भने केही गजलमा झ्याउरे र सवाइ छन्दको पनि प्रयोग गर्नुभएको छ।यस पुस्तकमा लेखकले वहुविषयको प्रयोग गर्नुभएको छ।मायाप्रीतिका साथै समसामयिक राजनीति, समाज, संस्कृति आदिसित सम्बन्धित विषयले…