Menu Close

कवि भानुभक्तको जीवनचरित्र

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “कवि भानुभक्तको जीवनचरित्र” युवाकवि मोतीराम भट्टद्वारा रचिएको आदिकवि भानुभक्तको जीवन र साहित्यिक वृत्तान्त हो।मोतीराम भट्टका शब्दमा:“हे रसिकवर्ग!             कदाचित् ‘कवि भानुभक्ताचार्य’ को कविता हेरेर तपाईंहरूको इच्छा जीवनचरित्र पनि हेर्नको भयो होला, तस् अर्थ कविको जीवनवृत्तान्त हालमा लेखी छपायाको छु। सो हेरी…

सर्वोदय (महात्मा गान्धीको “सर्वोदय”को नेपाली अनुवाद)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो।दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’ पढ्नका लागी दिए। पढिसकेपछी उनलाई यो पुस्तकले यति…

मुनामदन (खण्डकाव्य)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “मुनामदन” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको प्रसिद्ध खण्डकाव्य हो।पुस्तकबाट साभार:“मनको दु:ख मानेमा राख्छिन् नबोली छिपाई,छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई,उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिपधिपमा,वैलिँदो फूल झन् हुन्छ राम्रो शरद्को समिपमा,बादलको कालो किनार चाँदी, झन् जून उज्यालो,बिदाको वदन झल्कन्छ मनमा दु:खको उज्यालो,फूलमा खस्छन् शीतका आँसु आकाशमा…

नेहरूका चिठीहरू

मूल्य रु. १४०/- भुँडीपुराण प्रकाशनको “नेहरूका चिठीहरू” जवाहरलाल नेहरूका चिट्ठीहरूलाई माधवप्रसाद अधिकारीद्वारा नेपालीमा अनुवाद गरिएको एक संग्रह हो।जवाहरलाल नेहरूका शब्दमा “यी चिठीहरू सन् १९२८ को गर्मीमा मेरी छोरी इन्दिरालाई लेखिएका थिए जुन बेला उनी हिमालयको उचाइमा मसुरीमा थिइन् भने मा तल समथरमा। यी चिठीहरू एउटी सानी १० बर्षकी छोरीलाई सम्बोधन…

परावर्तन (लघुकथासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “परावर्तन” हरि खनालद्वारा तयार पारिएको लघुकथासंग्रह हो।ससाना तर मर्म बोकेका लेखकका लघुकथामा विविधता, सामाजिकता, वैज्ञानिकता र दार्शनिक विचारका झिल्का भेटिन्छन्।यसमा व्यंग्य र मर्मको भरपूर प्रयोग गर्दै लघु आकारमा रहेर अर्थात थोरै हरफहरूबाट निशाना साँध्न सकिने लघुकथाको शक्तिलाई लेखकले प्रयोग गरेका छन्।

पुतली र झुसिल्किरा

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “पुतली र झुसिल्किरा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविताकाव्य संग्रह हो।कवि ज्ञवालीले आफ्ना लघुकाव्यहरूमा मानवेतर प्राणीमा मानवता पलाएको तर विज्ञानी मान्छेमा मानवताको ह्रास हुँदै आएको कटु सत्यलाई यस कृतिमार्फत छर्लंग पारेका छन्।

उद्दीपन (कवितासंग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “उद्दीपन” धर्म पोखरेलद्वारा तयार पारिएको कवितासंग्रह हो।यस कृतिभित्र सशक्त, जीवन्त, युगिन चेतना बोकेका जागरणमुखी, सुक्तिपूर्ण र खारिएका कविता समावेश छन्।यहाँका कविताहरू निर्दोष छन्दविधान छन्द कविताको मानकीकरण र अभिव्यक्तिको सूक्तिकरण अभियानका सशक्त नमुना बन्न पुगेका छन्।

उज्यालोको खोजीमा: संघर्षका पाइला

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उज्यालोको खोजीमा: संघर्षका पाइला” खिमा रिजालद्वारा तयार पारिएको संस्मरण हो।यो पुस्तक माओवादी द्वन्द्वकालको संस्मरण भन्न सकिन्छ।यस कृतिमा लेखकले ती साहसिक नारी पात्रहरूलाई सम्झेकी छिन्, जसले माओवादी द्वन्द्वकालमा कल्पनै गर्न नसकिने जेलब्रेकजस्ता कार्यहरू गरी नेतृत्व तहबाटै स्याबासी समेत पाएका थिए।त्यसै गरी उनले त्यस्ती आमालाई समेत सम्झेकी…

थप्पड (हास्यव्यंग्य निबन्ध संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो।नरनाथ लुइंटेलका शब्दमा:“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ। देशको शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहेको छैन। स्रष्टा घिमिरेको दैनिकीको अधिकतम समय शैक्षिक क्रियाकलापमै गुज्रिरहेको हुँदा शैक्षिक क्षेत्रको विकारजन्य पर्यावरणबाट…

सँघार (कवितासंग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सँघार” हरि खनालद्वारा तयार पारिएको कवितासंग्रह हो।पुस्तकबाट साभार एक अंश:“शिवजी सुरमा जब बस्नु भयो।सहरदे दिलमा तब पस्नु भयो।।दुखका सुखका परिदृश्य खुले।भरिए लहरा मनभाव फुले।।जननी सुर हुन् रसछन्द पिता।म त शब्द बनें धरणी कविता।।कति शैशव छन् कति बाल शखे।म सिकूँ रसले सुरभाव सके।।“