Menu Close

समकालीन नेपाली निबन्ध (निबन्ध सङ्ग्रह)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “समकालीन नेपाली निबन्ध” श्रीओम श्रेष्ठ ‘रोदन’द्वारा सम्पादन गरिएको निबन्ध सङ्ग्रह हो ।श्रीओम श्रेष्ठ ‘रोदन’को सम्पादनमा प्रकाशित यस कृतिले निबन्धकारहरूको स्पष्ट पहिचान र योगदानलाई स्थापित गर्ने विश्वास हामीले लिएका छौँ ।विशेषतः पछिल्लो समयमा स्रष्टा एवम् पाठकहरूको रुचि यात्रानिबन्धतर्फ बढी देखिएकोले हुन सक्छ, त्यसतर्फ स्रष्टाहरू बढी एकोहोरिएका…

पाका मान्छेका कुरा

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “पाका मान्छेका कुरा” प्रा.डा. मुकेशकुमार चालिसेद्वारा तयार पारिएको पुस्तक हो ।बुढ्यौली उमेरका आफ्ना आमाबाबु तथा आफन्तलाई एक समस्याका रूपमा हेरिने र परिवारका सदस्यले उचित हेरचाह तथा स्याहारसुसार नगर्ने समस्या त निम्द पूँजिवादी, नवधनाढ्य वर्ग र तथाकथित आधुनिकता उन्मुख परिवारमा देखिएको छ । जेष्ठनागरिकप्रति गरिएको व्यवहार…

रमेकै छु म (निबन्धसङ्ग्रह)

मूल्य रु. २४५/- नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको पुस्तक “रमेकै छु म” एक निबन्धसङ्ग्रह हो ।लेखकले यस पुस्तकमा आफू जन्मेको नौ महिनामै टुहुरी हुनुपरेका कारण र तत्कालीन पितृसत्तात्मक समाजमा छोरीका प्रति समाजको दृष्टिकोण, छोरीका प्रति गरिने विभेद र उत्पीडन, आफ्नो पढ्ने चाहना र प्रतिभामा लागेको अङ्कुश, मावलमा आश्रय पाएकीले प्राप्त भएको…

आजलाई यति नै (निबन्धसङ्ग्रह)

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “आजलाई यति नै” प्रकाशमणि दहालद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो ।प्रस्तुत कृतिमा ५२ वटा विश्लेषणात्मक निबन्ध सङ्कलित छन् ।आत्मपरक र वस्तुपरक दुवै खाले निबन्धलेखनको सन्धिस्थलको बाटो भएर यी निबन्धहरू रचिएका छन् ।भावुकतालाई भन्दा चिन्तन र विचारलाई प्रमुखता दिइएका यी निबन्ध बौद्धिक पर्यवेक्षण त हुँदै हुन् साथै…

एक सम्बोधन समयमाथि (निबन्धसङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “एक सम्बोधन समयमाथि” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसङ्ग्रह हो।प्रस्तुत कृतिको केन्द्रीयतामा दीनानाथ शर्माका प्रमुख निबन्धगत प्रवृत्तिलाई संक्षिप्त रूपमा यसप्रकार देखाइन्छ:१. प्रक्रितिप्रतिको तीव्र अनुराग, ग्राम्य संस्कृतिप्रतिको तीव्र सम्मोहन, ग्राम्य कृषिजीवनका वैभवको महिमा गान र पर्यावरणीय चेतना।२. मान्छेभित्रका चेतन – अचेतना, अस्तित्वबोध, आत्मचेतनता, आत्मप्रकटीकरण र वैयक्तिक तथा…

उद्बोधन

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उद्बोधन” मित्रलाल पंज्ञानीद्वारा रचिएको निबन्ध संग्रह हो।प्रस्तुत निबन्धसंग्रहमा साढे तीन दर्जन जति आलेख समावेश गरिएका छन्।यस निबन्धसंग्रहका निबन्धहरूमा विषयवस्तुको विविधता छ र त्यसको केन्द्रमा मानिस रहेको छ।यहाँ पुस्तकको थालनी मान्छेबाट हुन्छ र अन्तिमसम्मका आलेखहरू पनि मान्छेद्वारा मान्छेमाथि हुने उत्पिडनकै विरोध र मुक्तिको खोजीमा केन्द्रित छन्।यहाँ…

लक्ष्मी निबन्धसङ्ग्रह

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “लक्ष्मी निबन्धसङ्ग्रह” महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचिएको निबन्ध सङ्ग्रह हो।महाकविकै शब्दमा:“यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म प्रबन्धभित्र आफैँ घुसेको छु- व्यक्तित्वको रङ रंगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि। कहीँ आफू अलग्ग बनेर प्रकृतिको र…

हारुन्निसाको हाँसो (निबन्ध संग्रह)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “हारुन्निसाको हाँसो” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको निबन्ध संग्रह हो।लेखकका ११५० भन्दा बढी लेख तथा रचना प्रकाशित छन्।तिनै छरिएर रहेका लेखहरूमध्येबाट निबन्ध, प्रबन्ध भन्न सुहाउने खालका २९ वटा लेखहरूको संगालो नै हारुन्निसाको हाँसो हो।हारुन्निसा दाइजोका कारण जिउंदै जलाइएकी एक मुस्लिम केटी हो। यो कृतिको शिर्षक उसैको…

थप्पड (हास्यव्यंग्य निबन्ध संग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो।नरनाथ लुइंटेलका शब्दमा:“नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ। देशको शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहेको छैन। स्रष्टा घिमिरेको दैनिकीको अधिकतम समय शैक्षिक क्रियाकलापमै गुज्रिरहेको हुँदा शैक्षिक क्षेत्रको विकारजन्य पर्यावरणबाट…

कुलुङ्गाकी आमा (निबन्ध संग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो।डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन्। राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले…