Menu Close

थप्पड (हास्यव्यंग्य निबन्ध संग्रह)

  • भुँडीपुराण प्रकाशनको “थप्पड” देवीप्रसाद घिमिरेद्वारा तयार पारिएको हास्यव्यंग्य निबन्ध संग्रह हो।
  • नरनाथ लुइंटेलका शब्दमा:
    “नेपाली समाजमा लोकतान्त्रिक व्यवस्था स्थापनापछिको खुल्ला परि स्थितिको दुरुपयोगले अधिकांश क्षेत्रमा अराजकता मौलाएको छ। देशको शिक्षा क्षेत्र पनि यसबाट अछुतो रहेको छैन। स्रष्टा घिमिरेको दैनिकीको अधिकतम समय शैक्षिक क्रियाकलापमै गुज्रिरहेको हुँदा शैक्षिक क्षेत्रको विकारजन्य पर्यावरणबाट उहाँ अधिकाधिक परिचित हुनुहुन्छ। यसर्थ पनि आङ्गिक विषयका निबन्धबाहेक संग्रहमा परेका निबन्धहरूको विषय क्षेत्र विकारग्रस्त शैक्षिक पर्यावरणतर्फा केन्द्रित हुनु अस्वाभाविक होइन। संग्रहका अन्य निबन्धहरूमा समसामयिक आर्थिक, सामाजिक, राजनीतिक विसंगतिको सुव्यवस्थित चित्रण गर्दै त्यसको उच्छेद गरी संगतिको सौम्य आग्रह र आकांक्षालाई प्रकट गरिएको छ।”