Menu Close

उत्तरी ध्रुवतिर टहलिँदा (नियात्रा)

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “उत्तरी ध्रुवतिर टहलिँदा” हेम अधिकारीद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।कृति लेखनको आरंभ यात्रारम्भदेखी छ । काठमाडौँदेखि लामो हवाइ उडान सम्झँदै र भोग्दै, अनुभूति गर्दै अन्तर्राष्ट्रिय जेट विमान इस्तानबुलको मार्ग हुँदै क्यानडा पुगेको निबन्धले दैलो उघार्छ । त्यसपछि नेपाल फर्किंदा कयानडाको मोन्ट्रियलदेखि हमाद विमानस्थल दोहा कतारको…

बादलडाँडा (नियात्रासङ्ग्रह)

मूल्य रु. ६००/- भुँडीपुराण प्रकाशनको “बादलडाँडा” राजेन्द्रमान डङ्‌गोलद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।लेखकका शब्दमा, “यो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ को पृष्ठभूमि बन्यो- हाम्रै धर्तीको सुरम्यता । मैले यसलाई प्रकृति, मानव संस्कृति र इतिहासको धागोले तुनेको छु । पर्यटन जसले मेरो पूर्व-धारणालाई परिवर्तन गरायो र आम मान्छे, समय संस्कृति, भूगोलसँग अन्तरक्रिया गर्न अभ्यस्त…

गतिशील जिन्दगी (संस्मरण सङ्ग्रह)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “गतिशील जिन्दगी” इन्दिरा दीक्षितद्वारा तयार पारिएको संस्मरण सङ्ग्रह हो ।यस पुस्तकमा चौधवटा संस्मरणहरू समेटिएका छन् ।यिनमा केही नितान्त नियात्रापरक संस्मरणहरू छन् भने केही जीवनी तथा घटनामूलक संस्मरणहरू रहेका छन् ।नेपाल, भारत, अस्ट्रेलियाका विभिन्न स्थानहरूमा नियात्राकारद्वारा गरिएका यात्राजन्य विषयवस्तुमा आधारित संस्मरणहरू नै यस कृतिका मुख्य स्तम्भ…

उमिहोतारू (नियात्रा सङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “उमिहोतारू” कृष्ण बजगाईंद्वारा तयार पारिएको नियात्रा सङ्ग्रह हो ।जापानी शब्द ‘उमिहोतारू’को नेपाली अर्थ हुन्छ- समुद्री जूनकिरी ।तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति…

अमेरिकामा ९० दिन (नियात्रा)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो।ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो।अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको भ्रमण गर्दा उहाँले अमेरिकी र नेपाली समाजबीच तुलना गर्न चाहनु भयो।अमेरिकामा गैर बसोबास गरेका नेपालीहरूको…

श्वेत पर्वत (नियात्रा)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “श्वेत पर्वत” विष्णु प्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको नियात्रा हो।यस नियात्रामा दुर्लभ हिमाली दृश्यावलीका विवरण छ, हिमाल आरोहणको इतिहास छ, हिमालबारे विदेशीहरूले गरेका अध्ययन, अनुभव र टिप्पणीका प्रसङ्ग छन्, नेपाल र विश्वलाई हिमालयको महत्त्वको बेलिबिस्तार छ, हिमाली तीर्थको वैदिक र पौराणिक महत्त्वको चर्चा छ, कवितात्मक…

कालापानी यात्रा

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “कालापानी यात्रा” नन्दु उप्रेतीद्वारा तयार पारिएको नियात्रा हो।यो पुस्तक पढ्दा भारतीय सैनिक क्याम्प नजिकैको तिरतिरे खोल्सीनिरै उनीहरूले काँडेतारबार लगाएको स्थानमा पुगेर हाम्रो नेपालको भूभाग मिचिएको स्थानतर्फ मजाले नजर फ्याँकेजस्तै जानकारी पाइन्छ। यस अर्थमा यस पुस्तकलाई ‘कालापानी साहित्यिक गाइड बुक‘ पनि भन्न सकिन्छ।

तिब्बत यात्रा

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “तिब्बत यात्रा” विष्णुप्रसाद शर्मा पराजुलीद्वारा तयार पारिएको यात्रा संस्मरण हो।शताब्दी पुरुष एवम् संस्कृतविद् सत्यमोहन जोशीका शब्दमा:“यस पुस्तकमा दशौँ शताब्दीको तिब्बतको गुगे राज्यका बारेमा लेखकले विस्तृत जानकारी दिएकाले पुस्तकले इतिहासको खोजमा नयाँ आयाम थपिदिएको छ। सिंजा राज्यको चौधौं शताब्दीसम्मको प्राप्त इतिहासभन्दा ४ सय बर्ष पछाडिसम्मको इतिहासको…

भर्जिनिया उल्फ र आँसुका फूल

मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो।यो नियात्राकृति विविध रंगी छ।यसमा विविध भाव र विचार तथा शैलिशिल्पगत रंगको सुन्दरता झल्केको देखिन्छ।यसमा देशदेशान्तर भ्रमण गर्दाका नियात्रा छन्।यसमा स्थल यात्रा र हवाई यात्राका संस्मरण छन्।अन्तरदेशीय भ्रमण वृतान्त भएका नियात्रा अधिक छन् भने एक…

अलौकिक चीन

मूल्य रु. ३६५/- भुँडीपुराण प्रकाशनको “अलौकिक चीन” अजय अलौकिकद्वारा तयार पारिएको संस्मरण तथा अनुभवहरूको सँगालो हो।यस पुस्तकमा लेखकले चीन बसाइकै क्रममा देखेका, भोगेका अनुभव, विचार र भावना पाठकसमक्ष सम्प्रेषण गरेका छन्। तर यहाँ सबै कुरा अटाएका छैनन्।लेखकका शब्दमा “सानो नेपालमा तेह्र अञ्चल चालिस जिल्ला या सबै प्रदेश घुमिसके तापनि नेपालकै…