Menu Close

अमेरिकामा ९० दिन (नियात्रा)

  • भुँडीपुराण प्रकाशनको “अमेरिकामा ९० दिन” राम विनयद्वारा तयार पारिएको नियात्राकृति हो।
  • ठिक डेढ दशकअघि श्रष्टा राम विनय आफ्नी श्रीमतीसहित अमेरिकाको भ्रमणमा निस्किनुभएको थियो।
  • अमेरिकामा करिब तीन महिनासम्म बस्दा र त्यस मुलुकका केही प्रसिद्ध ठाउँहरूको भ्रमण गर्दा उहाँले अमेरिकी र नेपाली समाजबीच तुलना गर्न चाहनु भयो।
  • अमेरिकामा गैर बसोबास गरेका नेपालीहरूको अवस्थालाई नियाल्ने इच्छा प्रकट गर्नुभयो र उनीहरूले नेपालप्रति दर्शाउने माया, ममताको गहिराइ पनि खोतल्ने प्रयत्न गर्नुभयो।
  • अमेरिका भ्रमणका क्रममा आफूले भोगेका अनुभवहरूलाई शब्दबद्ध गर्ने क्रममा विनयले यिनै पक्षहरूलाई प्राथमिकतामा राख्नुभएको छ।