भुँडीपुराण प्रकाशनको “बादलडाँडा” राजेन्द्रमान डङ्गोलद्वारा तयार पारिएको नियात्रासङ्ग्रह हो ।
लेखकका शब्दमा, “यो नियात्रासङ्ग्रह ‘बादलडाँडा’ को पृष्ठभूमि बन्यो- हाम्रै धर्तीको सुरम्यता । मैले यसलाई प्रकृति, मानव संस्कृति र इतिहासको धागोले तुनेको छु । पर्यटन जसले मेरो पूर्व-धारणालाई परिवर्तन गरायो र आम मान्छे, समय संस्कृति, भूगोलसँग अन्तरक्रिया गर्न अभ्यस्त बनेँ । त्यसैको उपज हो – बादल डाँडा ।”