Menu Close

कार्यसञ्चयिका/पोर्टफोलियो (कक्षा १-३)

मूल्य रु. १८०/- भुँडीपुराण प्रकाशनको “कार्यसञ्चयिका/पोर्टफोलियो (कक्षा १-३)” योगेन्द्र चापागाईंद्वारा तयार पारिएको शैक्षिक सामग्री हो ।यस पुस्तकमा विद्यार्थी मूल्याङ्कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु भएकाले मूल्याङ्कनलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्गका रूपमा विकास तथा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारिएको छ । त्यसमा मूल्याङ्कनका सम्भाव्य विधि, प्रक्रिया, तरिका तथा…

विखण्डित प्रवाह (कथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “विखण्डित प्रवाह” नवराज रिजालद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।नवराज रिजालका कथाहरूमा उनी बसेका र हिँडडुल गरेका क्षेत्र तथा परिवेशको जीवन चित्रित छ । यस सन्दर्भमा उनले तराईको गाउँले जीवन र त्यसमा पनि स्थानीय अनेपाली भाषीका जीवनको चित्रण गरेर निकै उल्लेखनीय काम गरेका छन् ।स्थानीय इतर…

श्रीमान्‌जी भन्नुहुन्छ (हास्यव्यङ्ग्य सङ्ग्रह)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “श्रीमान्‌जी भन्नुहुन्छ” रमेश विकलका रचनाहरूको सँगालो हो ।विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका सृजनाहरू यहाँ समावेश गरिएका छन् । यहाँ २९ हास्यव्यङ्ग्य रचना र एउटा चित्रकथा पनि समेटिएको छ ।हास्यव्यङ्ग्यबारे रमेश विकलको दृष्टिकोण यस्तो छ – ‘व्यङ्ग्य साहित्य साहित्यकहरूको हतियार हो जसले समाजमा, राजनीतिमा, व्यवस्थामा लागेका दूषित…

भुसुक्कै (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “भुसुक्कै” मुन पौडेलद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो ।नेपाली हास्यव्यङ्ग्य साहित्यमा लामो समयदेखि साधनारत व्यक्तित्व हुनुहुन्छ हास्यव्यङ्ग्यकार मुन पौडेल । उहाँका रचनामा स्वस्थ मनोरञ्जन दिनुका साथै मस्तिष्कलाई कुतकुत्याएर वर्तमानमा घटेका विकृति र विसङ्गतिका विरुद्ध सोच्न बाध्य गराउँछ । उहाँका रचनाको विशेषता भनेकै यही हो ।यिनै…

अव्यक्त (बाछिटासङ्ग्रह)

मूल्य रु. २७५/- भुँडीपुराण प्रकाशनको “अव्यक्त” अमर त्यागीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।लघुतम विधाहरूप्रति आजका स्रष्टा तथा पाठकहरू आकर्षित भइरहेको देखिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै अमर त्यागीले बाछिटाको प्रतिपादन गर्नुभएको हो । बाछिटाको संरचना ३+५+३ आक्षरिक सूत्रमा हुन्छ । अति थोरैमा व्यापक कुरा भन्न सक्नु बाछिटाको विशेषता हो ।…

अनन्य (बाछिटासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “अनन्य” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।बाछिटा नेपाली साहित्यिक धरातलमा नवप्रवर्तित प्रविधाहरूमध्येको एक अति लघु प्रविधा हो । लेख्य ३‌‌+५+३ आक्षारिक संरचनाको विधिमा सूत्रात्मक ढङ्गले भाव अभिव्यक्त हुनेगरी लेखिने वा रचिने प्रविधा हो बाछिटा । यस प्रविधाका रचनाको बोध पदगत अर्थबाट भन्दा पनि…

शृङ्‌खला (गजलसङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “शृङ्‌खला” यज्ञलाल सुवेदीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।गजल सिर्जनाका शास्त्रीय परम्परा छन् । लेखक सुवेदी गजल सिद्धान्त पढे बुझेका शिक्षित दीक्षित सर्जक हुनुहुन्छ । पृथक संरचना शैली, भागवत चमत्कार र उक्ति बैचित्र्य गजलका सौन्दर्य हुन् भने गेयात्मकता गजलको न्यूनतम सर्त हो । सुवेदीजीले गजलका सैद्धान्तिक…

उपकार (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “उपकार” देवराज सिम्खडाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस पुस्तकभित्र चौधओटा ससाना कथाहरू छन् ।बालबालिकाहरूले कुनै एक कथाबाट अप्रत्यक्ष रुपमा धेरै कुराको ज्ञान पाइरहेका हुन्छन् । तर कथाले दिने प्रत्यक्ष सन्देश भने एउटा हुन्छ ।प्रस्तुत कथासङ्ग्रह कुन उमेर समूहका लागि भनेर लेखकले किटान गर्नुभएको देखिँदैन तथापि…

ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “ड्राईभिङ प्रशिक्षण विधि (चार पाङ्ग्रे सवारी)” श्रीप्रसाद प्रसाईद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यस पुस्तकमा सवारी चालकको हैसियतले जानकारी राख्नुपर्ने आधारभूत कुराका अतिरिक्त सवारी तथा यातायात व्यवस्था ऐन, नियम पनि समावेश गराइएको छ । जसले गर्दा सवारी ऐन, नियमविपरीतको कार्य गर्दा के-कस्तो दण्ड सजाय हुनसक्छ…

सिर्जनाको कोसेली (बालकथासङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिर्जनाको कोसेली” बालसिर्जना मञ्च, नेपालका स्रष्टाहरूद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।यस सङ्ग्रहमा कूल बाह्र कथाहरू रहेका छन् । यसभित्र समाज, देश, माटो, प्रकृति, विज्ञान, भाषा, संस्कृति, शिष्टाचार र सदाचारका धेरै फूल सुवासित भएको पाइन्छ ।