Menu Close

अनन्य (बाछिटासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अनन्य” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।
  • बाछिटा नेपाली साहित्यिक धरातलमा नवप्रवर्तित प्रविधाहरूमध्येको एक अति लघु प्रविधा हो । लेख्य ३‌‌+५+३ आक्षारिक संरचनाको विधिमा सूत्रात्मक ढङ्गले भाव अभिव्यक्त हुनेगरी लेखिने वा रचिने प्रविधा हो बाछिटा । यस प्रविधाका रचनाको बोध पदगत अर्थबाट भन्दा पनि प्रतीकात्मक भावबाट हुनुपर्छ भन्ने सिद्धान्तको आग्रह देखिन्छ ।