भुँडीपुराण प्रकाशनको “उपकार” देवराज सिम्खडाद्वारा तयार पारिएको बालकथासङ्ग्रह हो ।
यस पुस्तकभित्र चौधओटा ससाना कथाहरू छन् ।
बालबालिकाहरूले कुनै एक कथाबाट अप्रत्यक्ष रुपमा धेरै कुराको ज्ञान पाइरहेका हुन्छन् । तर कथाले दिने प्रत्यक्ष सन्देश भने एउटा हुन्छ ।
प्रस्तुत कथासङ्ग्रह कुन उमेर समूहका लागि भनेर लेखकले किटान गर्नुभएको देखिँदैन तथापि विषयवस्तुको हिसाबले बालबालिका स्वयम्ले पठन तथा बोध गर्नका लागि भने यो आठ वर्षमाथिका लागि ज्यादा उपयोगी देखिन्छ ।