भुँडीपुराण प्रकाशनको “कार्यसञ्चयिका/पोर्टफोलियो (कक्षा १-३)” योगेन्द्र चापागाईंद्वारा तयार पारिएको शैक्षिक सामग्री हो ।
यस पुस्तकमा विद्यार्थी मूल्याङ्कन गर्नुको मुख्य उद्देश्य विद्यार्थीको सिकाइ सुधार गर्नु भएकाले मूल्याङ्कनलाई शिक्षण सिकाइ क्रियाकलापकै अभिन्न अङ्गका रूपमा विकास तथा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारिएको छ । त्यसमा मूल्याङ्कनका सम्भाव्य विधि, प्रक्रिया, तरिका तथा साधनहरू उल्लेख गरिएको छ ।
यहाँ यस पाठ्यक्रमको मूल्याङ्कन खण्डमा उल्लिखित उद्देश्य प्राप्तिका लागि मूल्याङ्कन विधि, प्रक्रिया, तरिका तथा साधनहरूको प्रयोग तथा नतिजाको अभिलेखिकरण सम्बन्धी तरिका तथा साधन र तिनको प्रयोग गर्ने तरिका विषयक्षेत्रगत रूपमा समावेश गरिएको छ ।