Menu Close

विखण्डित प्रवाह (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “विखण्डित प्रवाह” नवराज रिजालद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • नवराज रिजालका कथाहरूमा उनी बसेका र हिँडडुल गरेका क्षेत्र तथा परिवेशको जीवन चित्रित छ । यस सन्दर्भमा उनले तराईको गाउँले जीवन र त्यसमा पनि स्थानीय अनेपाली भाषीका जीवनको चित्रण गरेर निकै उल्लेखनीय काम गरेका छन् ।
  • स्थानीय इतर भाषाभाषीको जीवन, तिनका समस्या, तिनका संस्कृति र तिनका सोचाइलाई आ-आफ्ना भाषामा प्रस्तुत गर्नु उनीहरूको काम हो तर यिनलाई राष्ट्रभाषा नेपालीमा प्रस्तुत गर्नु स्थानीय इतर भाषाभाषीहरूका बीच उठबस गरेका र तिनको जीवन बुझेका नेपाली भाषी स्रष्टाको कर्तव्य हो । भोजपुरी तथा थारु भाषा बोलिने डुमरवाना गा.वि.स.मा बसोबास गरेका कथाकार रिजालले आफ्नो यो कर्तव्य पूरा गर्ने प्रयास गरेका छन् ।