भुँडीपुराण प्रकाशनको “श्रीमान्जी भन्नुहुन्छ” रमेश विकलका रचनाहरूको सँगालो हो ।
विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका सृजनाहरू यहाँ समावेश गरिएका छन् । यहाँ २९ हास्यव्यङ्ग्य रचना र एउटा चित्रकथा पनि समेटिएको छ ।
हास्यव्यङ्ग्यबारे रमेश विकलको दृष्टिकोण यस्तो छ – ‘व्यङ्ग्य साहित्य साहित्यकहरूको हतियार हो जसले समाजमा, राजनीतिमा, व्यवस्थामा लागेका दूषित ऐँजेरुहरूलाई खुर्केर फाल्ने र समाजका सबै क्षेत्रलाई सफा र स्वच्छ बनाउने दिशा-दृष्टि दिन्छ ।’ प्रस्तुत सङ्कलनका हास्यव्यङ्ग्यले रमेश विकलको त्यस्तै दृष्टिकोणलाई चरितार्थ पारेका छन् ।