Menu Close

स्वर्गको गाथा (गीतिसङ्ग्रह)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “स्वर्गको गाथा” मणि नेपाली पनेरुद्वारा तयार पारिएको गीतिसङ्ग्रह हो ।मणि नेपाली पनेरू गीतिरचनामा स्थायी र अन्तराको प्रविधि बुझेका समयसचेत गीतकार हुन् ।उनका गीतरचनामा सस्तो प्रेम भन्दा पनि गम्भीर प्रेम र समाजसँग सरोकार राख्ने बहुमुखी विषयवस्तु र ती विषयवस्तुअनुरूपका भावाभिव्यक्ति भएको पाइन्छ ।उनका गीतलाई सरसरती पढ्दा…

अन्तर्नाद (गीजलसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “अन्तर्नाद” हरि खनाल (हरे)द्वारा तयार पारिएको गीजलसंग्रह (गीत/गजल संग्रह) हो।लेखकका शब्दमा “यो छैसटठी ओटा गीत र त्यतिकै संख्याको गजलको अन्तर्नाद हो। माटो, मुटु र सौन्दर्यचेतना तथा शृंगारकै वरिपरि घुमेका गीत छन् भन्ने लाग्छ। गजलभित्र पनि पृथक् स्वाद र संरचनाको अभ्यास गरेको छु।”

भुन्टे (खण्डकाव्य)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो।यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो।यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ।भुन्टे गोठालो गएर फर्कनु, मनमनै पिरिनु, लाहुर जान भुन्टीसँग भुन्टेले बिदा माग्नु, भुन्टे काठमाडौं आउनु र पटना पुग्नु, भुन्टीले घरमा बिलौना गर्नु,…

अविरल गङ्गा

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “अविरल गङ्गा” श्रमिक बरालद्वारा तयार पारिएको गीति संग्रह हो।पुस्तकबाट साभार:“गीत मौखिक परम्पराबाट विकास भएको प्राचीन विधा हो। पूर्वमा इ.पू. १५०० तिरको ऋग्वेदमा प्रयुक्त पृथ्वी, उषा, सन्ध्या जस्ता छन्दमा गीतात्मकता पाइन्छ। सामवेद त संगीतको भण्डार नै हो। बौद्ध साहित्यको थेरी गाथामा समेत गीतको संकेत पाइन्छ। पश्चिमी…

खुसी रम्ने ओठभरि

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “खुसी रम्ने ओठभरि” वसन्त वित्यासी थापाद्वारा तयार पारिएको गीत संग्रह हो।यस संग्रहमा उनको नयाँ-पुराना केही गीत समावेश गरिएको छ।यस संग्रहमा केही रेकर्ड भएका र केही रेकर्डका लागि पालो कुरेर बसेका गीत समावेश गरिएका छन्।यसमा समावेश भएका गीतमा स्वर र संगीत, एरेन्जर, वाद्यवादक, रेकर्डिङ्ग भर्नुहुने/दिनुहुने सम्पूर्ण…