भुँडीपुराण प्रकाशनको “शृङ्खला” यज्ञलाल सुवेदीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
गजल सिर्जनाका शास्त्रीय परम्परा छन् । लेखक सुवेदी गजल सिद्धान्त पढे बुझेका शिक्षित दीक्षित सर्जक हुनुहुन्छ । पृथक संरचना शैली, भागवत चमत्कार र उक्ति बैचित्र्य गजलका सौन्दर्य हुन् भने गेयात्मकता गजलको न्यूनतम सर्त हो । सुवेदीजीले गजलका सैद्धान्तिक मान्यतामा आधारित रहेर गजल सिर्जना गर्नु भएको छ ।