Menu Close

कुलुङ्गाकी आमा (निबन्ध संग्रह)

  • भुँडीपुराण प्रकाशनको “कुलुङ्गाकी आमा” दीनानाथ शर्माद्वारा तयार पारिएको निबन्धसंग्रह हो।
  • डा. माधव पोखरेलका शब्दमा “दीनानाथ शर्माको निबन्धमा राजनीतिक र सामान्य गरी दुई किसिमको व्यक्तित्व बाँडिन्छ, तर उनका वस्तुपरक निबन्धहरूभन्दा बेग्लै, आत्मपरक निबन्धहरूमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन्। राजनीतिक निबन्धमा उनी आत्माले नबोलेर मस्तिष्कले बोल्छन् भने, साहित्यिक निबन्धहरूमा उनी नेपाली हृदय र मानवीय हृदय र अझै आत्माकै छेउबाट बोल्छन्। राजनीतिक निबन्धमा उनले थोरै नेपाली पाठकको हृदय जित्छन् भने, साहित्यिक निबन्धका उनका पाठकमा कुनै सिमा रेखा हुँदैन। यहाँ उनी जे देख्छन्, त्यै बोल्छन्, जस्तो देख्छन्, त्यस्तै बोल्छन्। राजनीतिक निबन्धमा जस्तो फिल्टरको खाँचो निबन्धकार शर्मालाई उनका साहित्यिक निबन्धमा पर्दैन।”