Menu Close

सर्वोदय (महात्मा गान्धीको “सर्वोदय”को नेपाली अनुवाद)

  • भुँडीपुराण प्रकाशनको “सर्वोदय” जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’को महात्मा गान्धीको गुजराती अनुवाद ‘सर्वोदय’को नेपाली अनुवाद हो।
  • दक्षिण अफ्रिका बसाईका बेला नेटालको यात्रामा जाँदा उनका एक जना अंग्रेज मित्र पोलाकले महात्मा गान्धीलाई प्रसिद्ध लेखक जोन रस्किनको पुस्तक ‘अन्टु दिस लास्ट’ पढ्नका लागी दिए। पढिसकेपछी उनलाई यो पुस्तकले यति प्रभावित गर्यो कि उनी यसको अनुवाद नगरी बस्न सकेनन् र गुजराती भाषामा अनुवाद गरेर सर्वोदय शिर्षक राखे।
  • गान्धीको बुझाई अनुसार सर्वोदयाको सिद्धान्त ‘सबैको भलाईमा निहित छ।’ किसानको जीवन नै सहि जीवन हो। वकिल र हजाम दुवैको पारिश्रमिक एउटै हुनुपर्दछ, किनकी आजीविकाको अधिकार सबैलाई बराबर छ। उनि भन्छन् पहिलो कुरा उनलाई थाहा थियो। दोस्रो कुरा थाहै थिएन र तेस्रो कुरा अलि अलि थाहा थियो। त्यसैले सर्वोदयले उनलाई बत्तीको काम गर्यो र भोलिपल्टदेखि यी सिद्धान्तलाई व्यवहारमा लागू गर्ने प्रयास गरे।
    यो पुस्तक तत्वज्ञानका दृष्टिले भारतका लागि विशेष देख्न सावित भएको छ।