Menu Close

एकादेशमा (खण्डकाव्य)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “एकादेशमा” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको खण्डकाव्य हो।लेखककै शब्दमा “‘एकादेशमा’ खण्डकाव्यमा जुन किसिमको अनौठो आख्यान छ र नेपाली राजनीतिमा भएको गणतान्त्रिक परिवर्तनका लागि यसमा जे जस्तो युगीन आवेगको अभिव्यन्ज्यना छ, त्यसलाई हेरेर जनगायक रामकृष्ण दुवालले यसको मूल आख्यान भएको बिचको अंशलाई गीतिमय गाथाका रुपमा संगीतबद्ध…

ड्रिम गर्ल (उपन्यास)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ।एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन्। उनकी आमा जो द्वन्द्वकालमा लागेको गोलीले अपाङ्ग भएकी छन्। त्यसमै जोडिन आउने एक जना केटा, उनी मुख्य पात्र पनि…

बोकाको मन (व्यंग्य निबन्धसंग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “बोकाको मन” काशीनाथ मिश्रितद्वारा तयार पारिएको व्यंग्य निबन्धसंग्रह हो।लक्ष्मण गाम्नागेका शब्दमा “बोकालाई मान्छेले यसरी बन्दी बनाएको छ कि ऊ प्रेम गर्न, सहवास गर्न, वंश बिस्तार गर्न सबै मान्छेले खटाए अनुसार मात्र गर्न पाउँछ। बोको भन्छ, ‘मलाई मेरी पत्नीसँग सम्पर्क गरेबापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ।’…

धर्तीको सूर्य

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “धर्तीको सूर्य” जगन्नाथ दाहालद्वारा तयार पारिएको गजल संग्रह हो।यो पुस्तक लेखकको १५ औँ गजल संग्रह हो।यस पुस्तकमा सामाजिक विसंगति, राजनैतिक विकृति, वाध्यतामा बाँच्नु पर्ने जनजीवनको भोगाई, सामाजिक गरिवी, अशिक्षा, कुसंस्कार, जडमान्यता, रुढीवादी अन्धविश्वास, प्रेमिल जोडीको प्रेमालाप, विछोड, धोका, आन्दोलनले पारेको प्रभाव, त्यसपछिको पदलोलुपता, त्यसले समाजमा…

भुन्टे (खण्डकाव्य)

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “भुन्टे” जगन्नाथ दाहालद्वारा तयार पारिएको गीति-खण्डकाव्य हो।यो पुस्तक नेपाली समाजकै सुख-दुख, हर्ष-विस्मात, व्यथा-वेदना झल्काउने कारूणिक काव्य हो।यो काव्य नेपाली लोकलय (झ्याउरे) मा लेखिएको छ।भुन्टे गोठालो गएर फर्कनु, मनमनै पिरिनु, लाहुर जान भुन्टीसँग भुन्टेले बिदा माग्नु, भुन्टे काठमाडौं आउनु र पटना पुग्नु, भुन्टीले घरमा बिलौना गर्नु,…

गान्धी र उनका शिष्य

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “गान्धी र उनका शिष्य” मधुसूदन पाण्डेयद्वारा तयार पारिएको महात्मा गान्धी र उनका बाह्र शिष्यको जीवनसंग सम्बन्धित ऐतिहासिक पुस्तक हो।यो कृति गान्धीका अनेकौँ शिष्यहरूमध्ये अत्यन्तै निकट रहेर उनको जीवनरूपी खजानाका बारेमा थाहा पाएका र उनको दैनन्दिनी बुझेका व्यक्तिहरूले प्रस्तुत गरेको विचारहरूको संग्रह हो, जसका माध्यमबाट गान्धीलाई…

टिप्पन समालोचना

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “टिप्पन समालोचना” खेम थपलियाद्वारा तयार पारिएको समालोचना हो।नेपाली साहित्यमा उर्जाशील रुपमा विकास हुँदै आएको समाजवादी-यथार्थवादी धारालाई यो पुस्तकले पक्रेको छ।यो पुस्तकको केन्द्रमा मार्क्सवादी विश्वदृष्टिकोण रहेको छ।यहाँ यही विश्वदृष्टिकोणअनुसार कला-साहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ।कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो…

ह्विलचियरको जिन्दगी (सङ्घर्षशील जीवनकथा)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “ह्विलचियरको जिन्दगी” कृष्णप्रसाद भण्डारीद्वारा तयार पारिएको सङ्घर्षशील जीवनकथा हो।डा. देवी नेपालका शब्दमा “ह्विलचियरको जिन्दगी यथार्थ विषयवस्तुमा आधारित आख्यानात्मक जीवनीसंग्रह हो। यसमा वर्तमानमा अपाङ्गताका कारण परिस्थिति, परिवेश र सामाजिक चेतनासंग सङ्घर्ष गरिरहेका र साङ्गहरूको जीवनीलाई पनि चुनौती दिनेखालका अद्भुत कामहरू गरिरहेका पन्ध्र जना व्यक्तित्वहरूको जिवनगाथालाई जीवन्त…

भर्जिनिया उल्फ र आँसुका फूल

मूल्य रु. २२५/- भुँडीपुराण प्रकाशनको “भर्जिनिया उल्फ र आँसुका फूल” जया राईद्वारा तयार पारिएको नियात्राकृति हो।यो नियात्राकृति विविध रंगी छ।यसमा विविध भाव र विचार तथा शैलिशिल्पगत रंगको सुन्दरता झल्केको देखिन्छ।यसमा देशदेशान्तर भ्रमण गर्दाका नियात्रा छन्।यसमा स्थल यात्रा र हवाई यात्राका संस्मरण छन्।अन्तरदेशीय भ्रमण वृतान्त भएका नियात्रा अधिक छन् भने एक…

उम्रन्छन् आँसुका वृक्ष (कवितासंग्रह)

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “उम्रन्छन् आँसुका वृक्ष” मित्रलाल पंज्ञानीद्वारा तयार पारिएको कवितासंग्रह हो।यी कविता लेखकका आफ्नै अनुभूतिका उपज हुन्।तपाईंहरूकै माझमा तपाईंहरू बाँचेकै परिवेशमा बाँचेर लेखकले पाएका अनुभूतिहरू अवश्य पनि उनका मात्र छैनन् तपाईंहरूका पनि छन्। लेखकका विद्यमान धारणाहरू अन्त कतैबाट आएका होइनन, यही समाजको प्रभाव हो।