भुँडीपुराण प्रकाशनको “ड्रिम गर्ल” प्रेमबहादुर भट्टराईद्वारा तयार पारिएको उपन्यास हो।
केही सत्यता र केही सामाजिक घटनालाई यस पुस्तकमा उतार्ने जमर्को गरिएको छ।
एउटी महिला कसरी अघोषित यौन व्यवसायमा होमिन पुग्छिन्। उनकी आमा जो द्वन्द्वकालमा लागेको गोलीले अपाङ्ग भएकी छन्। त्यसमै जोडिन आउने एक जना केटा, उनी मुख्य पात्र पनि हुन्। त्यस्तै अन्य पात्रहरू पनि कतै न कतै जोडिएका छन् जसले यो सृजनालाई अझै मजबुत बनाउन सहयोग गरेको छ।
एउटी महिलाले विदेशमा गएर मृत्युवरण गरेको कुरालाई अन्तिम भागमा सृजित गराएर यसले पारिवारिक र सामाजिक समवेदनालाई झन् टड्कारो रुपमा देखाइएको छ।
यो एक वियोगान्त कथा हो, त्यसैले अन्तिममा पाठकहरू झन् भावुक हुने र उक्त कथामा डुबेर अध्ययन गरी जीवनको सत्यतालाई महसुस गर्नुहुनेछ।