Menu Close

असुरग्याँस!

  • भुँडीपुराण प्रकाशनको “असुरग्याँस!” डा. रामप्रसाद ज्ञवालीद्वारा तयार पारिएको कविता संग्रह हो।
  • देवी नेपालका शब्दमा “विस्मात्-वेदना, वितृष्णा-विद्रोह, विचार-विश्वास, विमला-विभावाना गरी चार खण्डमा विभाजित जम्मा २९ वटा कविताहरूको संग्रह बन्न पुगेको प्रस्तुत कृति वैचारिक दृष्टिले मात्र नभएर कलाका दृष्टिले पनि उत्तिकै उच्च कोटिको छ। सबै शिर्षकमा ‘व’लाई मन पराउने ज्ञवालीको विवेकद्वारा वन्चित वक्र व्यवहारको व्यवहारको व्यापार गर्नेहरूले विशिष्टताको विमानबाट विकृतिको विकिरण छर्दै छन् तापनि विद्वत्ताको विखण्डन र विचारको विस्थापन नभएसम्म विजयको विचित्र बर्षा भइरहने विशिष्ट अठोट यस कृतिमा लुकेको छ।”