Menu Close

कालिगढ

  • भुँडीपुराण प्रकाशनको “कालिगढ” भक्त बहादुर बुढाद्वारा तयार पारिएको एक कथासंग्रह हो।
  • ‘कालिगढ’ कथाकार बुढाका २२ वटा कथाहरूको संग्रह हो भने शिर्षकथा ‘कालिगढ’ तिनै मध्येको एउटा प्रतिनिधि कथा हो।
  • ‘कालिगढ’ नेपाली आधुनिक, अथवा, अझ उत्तरआधुनिक कथा-साम्राज्यमा एउटा चक्रवर्ती सम्राटको रुपमा प्रतिष्ठित हुन सक्तछ।
  • अति सूत्रात्मक रुपमा भन्नु पर्दा, आञ्चलिक आस्वाद, प्रादेशिक ज्वलन, स्थानिक रंग र ग्रामीण जीवनको उष्माले ओतप्रोत यस संग्रहभित्रका कथाहरू विशुद्ध नेपाली ग्रामीण जीवन र चारण क्षेत्रका भोगाइका यथार्थतम रुपहरू हुन्।