Menu Close

Tag: साहित्यिक

श्रीमान्‌जी भन्नुहुन्छ (हास्यव्यङ्ग्य सङ्ग्रह)

मूल्य रु. ४५०/- भुँडीपुराण प्रकाशनको “श्रीमान्‌जी भन्नुहुन्छ” रमेश विकलका रचनाहरूको सँगालो हो ।विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका सृजनाहरू यहाँ समावेश गरिएका छन् । यहाँ २९ हास्यव्यङ्ग्य रचना र एउटा चित्रकथा पनि समेटिएको छ ।हास्यव्यङ्ग्यबारे रमेश विकलको दृष्टिकोण यस्तो छ – ‘व्यङ्ग्य साहित्य साहित्यकहरूको हतियार हो जसले समाजमा, राजनीतिमा, व्यवस्थामा लागेका दूषित…

भुसुक्कै (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह)

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “भुसुक्कै” मुन पौडेलद्वारा तयार पारिएको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हो ।नेपाली हास्यव्यङ्ग्य साहित्यमा लामो समयदेखि साधनारत व्यक्तित्व हुनुहुन्छ हास्यव्यङ्ग्यकार मुन पौडेल । उहाँका रचनामा स्वस्थ मनोरञ्जन दिनुका साथै मस्तिष्कलाई कुतकुत्याएर वर्तमानमा घटेका विकृति र विसङ्गतिका विरुद्ध सोच्न बाध्य गराउँछ । उहाँका रचनाको विशेषता भनेकै यही हो ।यिनै…

अव्यक्त (बाछिटासङ्ग्रह)

मूल्य रु. २७५/- भुँडीपुराण प्रकाशनको “अव्यक्त” अमर त्यागीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।लघुतम विधाहरूप्रति आजका स्रष्टा तथा पाठकहरू आकर्षित भइरहेको देखिन्छ । यही यथार्थलाई आत्मसात् गर्दै अमर त्यागीले बाछिटाको प्रतिपादन गर्नुभएको हो । बाछिटाको संरचना ३+५+३ आक्षरिक सूत्रमा हुन्छ । अति थोरैमा व्यापक कुरा भन्न सक्नु बाछिटाको विशेषता हो ।…

अनन्य (बाछिटासङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “अनन्य” डा. घनश्याम परिश्रमीद्वारा तयार पारिएको बाछिटासङ्ग्रह हो ।बाछिटा नेपाली साहित्यिक धरातलमा नवप्रवर्तित प्रविधाहरूमध्येको एक अति लघु प्रविधा हो । लेख्य ३‌‌+५+३ आक्षारिक संरचनाको विधिमा सूत्रात्मक ढङ्गले भाव अभिव्यक्त हुनेगरी लेखिने वा रचिने प्रविधा हो बाछिटा । यस प्रविधाका रचनाको बोध पदगत अर्थबाट भन्दा पनि…

शृङ्‌खला (गजलसङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “शृङ्‌खला” यज्ञलाल सुवेदीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।गजल सिर्जनाका शास्त्रीय परम्परा छन् । लेखक सुवेदी गजल सिद्धान्त पढे बुझेका शिक्षित दीक्षित सर्जक हुनुहुन्छ । पृथक संरचना शैली, भागवत चमत्कार र उक्ति बैचित्र्य गजलका सौन्दर्य हुन् भने गेयात्मकता गजलको न्यूनतम सर्त हो । सुवेदीजीले गजलका सैद्धान्तिक…

अर्मानी लगाउने भाइ (कथासङ्ग्रह)

मूल्य रु. ३८०/- भुँडीपुराण प्रकाशनको “अर्मानी लगाउने भाइ” सुन्दर जोशीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।वरिष्ठ कवि/आख्यानकार मञ्जुलले भनेका छन्, ‘सुन्दर जोशीको मनमा नेपालप्रतिको अगाध माया नभएको भए, म किटान गरेर भन्न सक्छु- उनको कलमबाट कुनै पनि कथाहरूले जन्म लिने थिएनन् । भव्य हिमाल, नीलो, छ्याङ्ग खुलेको सुन्दर आकाश, त्यस्तै सुन्दर…

सम्झना बिर्सना (संस्मरण, कथा-लघुकथा)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “सम्झना बिर्सना” सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा तयार पारिएको कथा, लघुकथा र संस्मरणहरूको सङ्ग्रह हो ।संस्मरण खण्डका लेखकले बाल्यकाल, किशोर वय, विद्यार्थीकाल र जागिरे जीवनका विभिन्न अवस्था र घटनाको स्मरण गरेर लेखेका छन् ।यस पुस्तकमा संस्मरण खण्डका साथै कथालघुकथा खण्ड पनि छ । लेखकका विभिन्न पत्रपत्रिकामा छापिएका…

नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “नेपालको इतिहास (गोर्खाली सेनाको ऐतिहासिक विवरणसहित)” अर्जुन ज्ञवालीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो ।यस पुस्तकमा राष्ट्रियताका प्रखर प्रवक्ता योगी नरहरिनाथबाट पहिले सङ्‌कलित भई प्रकाशित गरिएका श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र नेपाली सेनाको संक्षिप्त इतिहासलाई मुख्य आधार बनाइएको छ ।नेपालको अर्थनीति, समाजनीति, कूटनीति र राजनीतिलाई…

एउटा अर्को आकाश (गजलसङ्ग्रह)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “एउटा अर्को आकाश” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।सनत रेग्मीका शब्दमा, “कवी गैरेका प्रस्तुत गजलहरूमा विषयको विवधता पाइन्छ, सामाजिक विसङ्‌गति, राजनीतिक बेथिति, अनैतिकता, भ्रष्टता र ढोंगीपाखण्डी प्रवृत्तिप्रति व्यङ्ग्य र उपहास पाइन्छ । जीवनप्रति प्रेम र आजको राष्ट्रिय द्वन्द्वको समस्याको वार्ता र सार्थक…

स्वप्नलोक (गजलसङ्ग्रह)

मूल्य रु. १९०/- भुँडीपुराण प्रकाशनको “स्वप्नलोक” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।डा. घनश्याम न्यौपाने ‘परिश्रमी’का शब्दमा, “गजलकार गैरे प्रेम र शृङ्गारको अभिव्यक्तिमा भन्दा अन्य विषयवस्तुको उद्‌घाटनमा बढी केन्द्रित छन् । यी गजलका सेरहरूमा परिवर्तनको चाहना सशक्त ढङ्गले अभिव्यक्त भएको छ । तानाशाही शासन व्यवस्थाविरुद्ध उभिएर निर्धक्क बोलेका…