Menu Close

अर्मानी लगाउने भाइ (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “अर्मानी लगाउने भाइ” सुन्दर जोशीद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • वरिष्ठ कवि/आख्यानकार मञ्जुलले भनेका छन्, ‘सुन्दर जोशीको मनमा नेपालप्रतिको अगाध माया नभएको भए, म किटान गरेर भन्न सक्छु- उनको कलमबाट कुनै पनि कथाहरूले जन्म लिने थिएनन् । भव्य हिमाल, नीलो, छ्याङ्ग खुलेको सुन्दर आकाश, त्यस्तै सुन्दर गाउँहरू, लेकाली मानिसहरू, घाम र बादलको लुकामारी, कहिले सुन्दर सूर्योदय त कहिले मुसलधारे झरी, कहिले हिमवर्षा … त्यो कुलकुल बग्दो पानीमा आ-आफ्ना छविहरू देखाउँछन् … कहिले स्वदेशमा बसेर, कहिले विदेशका कुनाकानीमा पुगेर । सुन्दर प्रकृतिको सुन्दर पर्यावरणीय स्नेहले चुर्लुम्म डुबेर लेखिने साहित्यको त सुन्दर जोशी कोसेढुङ्‌गा नै हुन् !’