Menu Close

स्वप्नलोक (गजलसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “स्वप्नलोक” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
  • डा. घनश्याम न्यौपाने ‘परिश्रमी’का शब्दमा, “गजलकार गैरे प्रेम र शृङ्गारको अभिव्यक्तिमा भन्दा अन्य विषयवस्तुको उद्‌घाटनमा बढी केन्द्रित छन् । यी गजलका सेरहरूमा परिवर्तनको चाहना सशक्त ढङ्गले अभिव्यक्त भएको छ । तानाशाही शासन व्यवस्थाविरुद्ध उभिएर निर्धक्क बोलेका छन् गजलकार गैरे । द्वन्द्वको अन्त्य वा व्यवस्थापनका लागि आग्रह गरिएका सेरहरू पनि छन् यहाँ । युद्धको पुनरावृत्ति नहोस् भन्ने गजलकारको चाहना छ । कतिपय गजलमा मानवीय चरित्रको अनेक कोणबाट चित्रण भएको छ । स्वार्थी राजनीतिकर्मी अर्थात् नेताहरूप्रति तीक्ष्ण व्यङ्ग्य प्रहार गरिएका सेरहरू पनि छन् यस सङ्ग्रहमा । गजलकार कतै नारीअस्मिता र स्वतन्त्रताको पक्षमा बोलेका छन् यस सङ्ग्रहमा । गजलकार कतै नारीअस्मिता र स्वतन्त्रताको पक्षमा बोलेका छन् भने कतै गरिबीको मार्मिक चित्र उतार्न उद्यत देखिएका छन् । देशभक्तिको अभिव्यक्ति, समानताको चाहना, जीवनयापनका लागि बिदेसिन बाध्य युवाहरूको पीडाको उद्‌घाटन, आशावादिता, निराशा, स्मृतिपीडा आदिको चित्रण पनि यी गजलमा भएको छ ।”