भुँडीपुराण प्रकाशनको “एउटा अर्को आकाश” डा. नारायणप्रसाद शर्मा गैरेद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
सनत रेग्मीका शब्दमा, “कवी गैरेका प्रस्तुत गजलहरूमा विषयको विवधता पाइन्छ, सामाजिक विसङ्गति, राजनीतिक बेथिति, अनैतिकता, भ्रष्टता र ढोंगीपाखण्डी प्रवृत्तिप्रति व्यङ्ग्य र उपहास पाइन्छ । जीवनप्रति प्रेम र आजको राष्ट्रिय द्वन्द्वको समस्याको वार्ता र सार्थक सहमतिमार्फत् समाधान खोज्नुपर्ने भावनालाई समेत उनले आफ्ना गजलका समेटेका छन् । जीवन र जगत्का विविधतालाई आफ्ना गजलहरूमा राम्ररी पर्गेल्न सक्ने नारायण गैरेका यी गजलहरूले आफ्नै पाराको निजी वर्णनशैलीद्वारा गजलविधिलाई पठनीय र रोचक बनाएका छन् ।”