Menu Close

खुसी हामीभित्रै छ (जीवनोपयोगी पुस्तक)

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “खुसी हामीभित्रै छ” डा. कौशिला रिसालद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो ।यसै पुस्तकबाट, “धर्तीमा रित्तो हात लिएर जन्मिएको मानिसले आफू बाँचेको समय र आउने पुस्ताका लागि धेरै गरेर छोडेका हुन्छन् । यस धर्तीका लागि केही गर्नुपर्छ भन्ने सोचका कारण नयाँ कुराको आविष्कार सम्भव भएको हो…

Dreamy Eyes (Stories Collection)

Price: Rs.390/- Bhundipuran Prakashan’s “Dreamy Eyes” is a story collection prepared by Basanta Parajuli and translated by Milly Joshi and Bharat Bhattarai.The stories collected in Dreamy Eyes are of social reality. There are different tastes of stories, though they appear alike from the viewpoint of subject matter.The stories cater to…

जेल डायरी (संस्मरणसङ्‌ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “जेल डायरी” मोदनाथ मरहट्टाद्वारा तयार पारिएको संस्मरणसङ्ग्रह हो ।यस पुस्तकमा लेखकले आफ्नो जेलभित्रको भोगाइको चर्चा गरेका छन् ।यसै पुस्तकबाट, “हाम्रा जेल जीवनको अनुभूति विश्वका विशिष्ट व्यक्तिहरूको जेल अनुभूतिभित्र पर्दैन । यसले कुनै राजनीतिक सन्देश दिँदैनथ्यो, जीवनको एउटा निकृष्ट अमानवीय क्रूर भोगाइ हो, जो औसत जीवनभित्र…

सिम्रौनगढको इतिहास

मूल्य रु. ३५०/- भुँडीपुराण प्रकाशनको “सिम्रौनगढको इतिहास” विजय किशोर पाण्डेयद्वारा तयार पारिएको खोजमूलक ऐतिहासिक सामग्री हो ।लेखकले यस पुस्तकमा सिम्रौनगढको सिलसिलेवार अध्ययन-अनुसन्धान गर्नुभएको छ ।सिम्रौनगढको स्थिति, इतिहास, विभिन्न पुरातात्विक महत्त्व, सामग्रीहरूको अनुशीलन, राज्यलाई गढको अवशेषको रूपमा रहेको विभिन्न बाहिहरूको अध्ययन, विभिन्न प्रस्तर मूर्तिहरूको दुर्लभ तस्बिर समेतको अध्ययन गर्नुभएको छ ।यस…

छन्द मञ्जरी

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “छन्द मञ्जरी” वासुदेव ढुङ्‌गेलद्वारा तयार पारिएको कृति हो ।यस पुस्तकमा एकदेखि चौँतिस अक्षरसम्मका जम्मा १७६ वटा वार्णिक छन्द, १० वटा मात्रिक छन्द, २४ वटा लोक छन्द (लय) र ४८ वटा बहर (गजलमा प्रयोग हुने छन्द)हरू सङ्‌ग्रहित छन् ।

अर्को कर्नाली (कवितासङ्ग्रह)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “अर्को कर्नाली” युवराज भण्डारीद्वारा तयार पारिएको कवितासङ्ग्रह हो ।यस पुस्तकमा सङ्‌कलित कविता समसामयिक समस्या, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् ।यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् ।कविका कविता भावावेगमा…

युद्धविनाको युद्ध (उपन्यास)

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “युद्धविनाको युद्ध” प्रा.डा. अर्जुनदेव भट्टद्वारा तयार पारिएको उपन्यास हो ।यो कृति पश्चिम नेपालमा इतिहासको एक कालखण्डमा विद्यमान रहेको देउकी प्रथामा आधारित उपन्यास हो । यस उपन्यासमा लेखकले देउकी कसरी बनाइन्छ र देउकीको कसरी सामाजिक, सांस्कृतिक हिसाबले शोषण गरिन्छ भन्ने कुरालाई प्रस्तुत गर्नुभएको छ ।धर्म कमाउने…

गुराँसझैँ (बालकविता सङ्ग्रह)

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “गुराँसझैँ” नर्मदेश्वरी सत्यालद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यस पुस्तकका कविताहरू प्रायः दश वर्षदेखि पन्द्र वर्ष उमेर समूहका बालबालिकालाई उपयुक्त हुने देखिन्छ ।लेखकका कतिपय बालकविताहरू गीति लयात्मक ढाँचामा प्रस्तुत भएका छन् । यिनले मनोरञ्जनका साथै जीवनोपयोगी विचारहरू दिएका हुँदा बालबालिकालाई व्यावहारिक बनाउँदै लाने कुरामा सहयोग…

खेलौँ रमेर (बालकविता सङ्ग्रह)

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “खेलौँ रमेर” जयन्ती स्पन्दनद्वारा तयार पारिएको बालकविता सङ्ग्रह हो ।यो पुस्तक तीन वर्षदेखि दश वर्ष उमेर समूहका बालबालिकालाई सुहाउँदो देखिन्छ ।लयात्मक तरिकाले मनोरञ्जन दिलाउँदै बालबालिकाहरूलाई गाउँदै खेल्न र पढ्न उत्प्रेरित गरोस् भन्ने यस पुस्तकको अभिप्राय हो ।

आमाबाबुको चिन्ता

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “आमाबाबुको चिन्ता” गिजुभाईद्वारा तयार पारिएको अनुवादित पुस्तक हो ।गिजुभाईकै शब्दमा, “हामी आफ्ना बाल-बालिकालाई नराम्रो व्यवहार गर्छौँ । उनीहरूको मनको कुरा नबुझिकन उनीहरूको टीका-टिप्पणी गर्छौँ । उनीहरूको बारेमा भन्न नहुने कुरा पनि गर्छौँ । उनीहरूको अपमान गर्छौँ । उनीहरूलाई सहानुभूति दिदैनौं । हामी एक अरकाबिच गलत…