Menu Close

भूमि-चिन्तन (स्वामित्व र उपयोगमा पुनर्विचारको बहस)

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “भूमि-चिन्तन” माधव प्रसाद बरालद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा भूमिको उपयोग र विकासका उपायहरू सुझाइएका छन्, साथै सान्दर्भिक अन्य केही रोचक सामग्री पनि समेटिएका छन् ।भूमिको उपयोग र विकासमा केन्द्रित भएर पनि यसमा संलग्न विविधतापूर्ण सामग्रीले पुस्तकलाई पठनीर र ज्ञानवर्द्धक तुल्याएको छ । लेखक…

वेदवेदाङ्गको परिचय

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “वेदवेदाङ्गको परिचय” नारायण वत्सद्वारा तयार पारिएको वैदिक पुस्तक हो ।संसारको प्राचीन र सबैभन्दा पहिलो वाङ्‌मय वेदलाई सनातनधर्म र आर्य संस्कृतिको मूल आधारशिला मानिन्छ । मानवजातिको लौकिक अर्थात् सांसारिक र पारमार्थिक उन्नति गराइदिने अभिप्रायले भएको हुनाले वेदलाई अनादि र नित्य बताइएको छ ।

छन्द मञ्जरी

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “छन्द मञ्जरी” वासुदेव ढुङ्‌गेलद्वारा तयार पारिएको कृति हो ।यस पुस्तकमा एकदेखि चौँतिस अक्षरसम्मका जम्मा १७६ वटा वार्णिक छन्द, १० वटा मात्रिक छन्द, २४ वटा लोक छन्द (लय) र ४८ वटा बहर (गजलमा प्रयोग हुने छन्द)हरू सङ्‌ग्रहित छन् ।

मगर संस्कृति, परम्परा र गरिमा

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “मगर संस्कृति, परम्परा र गरिमा” गोमविक्रमद्वारा तयार पारिएको सांस्कृतिक पुस्तक हो ।यस कृतिमा खास गरी मगरहरूको जातिय इतिहास र पहिचान, भाषिक अवस्था, जन्मदेखि मृत्युसम्मका संस्कारहरू, मगर जातिमा मानिने विभिन्न चाडपर्व, पूजा, दिवसहरू, मगर समुदायमा प्रचलित गीत नाच, पोसाक-गहना, लोककला, परम्परागत खेलकुदहरू, खाना बाजाहरू लगायत मगर…

मेरो देश

मूल्य रु. १०००/- भुँडीपुराण प्रकाशनको “मेरो देश” डा. लेखनाथ न्यौपानेद्वारा तयार पारिएको नेपालसम्बन्धी वृहत् पुस्तक हो ।सांस्कृतिक विविधता, मौलिक कलाकृति, सीप, सिर्जना एवम् प्राकृतिक र आध्यात्मिक दृष्टिले नेपाल विश्वकै अग्रपङ्क्तिमा पर्ने देश हो । यस विषयलाई सङ्‌क्षेपमै भए पनि एकत्रित गर्ने प्रयासमा लाग्नु, देशको अथाह प्राकृतिक र सांस्कृतिक धरोहरलाई ‘ब्रान्डिङ’…

शब्दबिम्बमा सत्यमोहन

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “शब्दबिम्बमा सत्यमोहन” गोपीकृष्ण ढुंगानाद्वारा तयार पारिएको लेख/आलेख सङ्ग्रह हो ।सम्पादकका शब्दमाः“सत्यमोहन अर्थात् सगरमाथा !सादा जीवन, सकारात्मक सोच, सक्रिय जीवन अर्थात् सत्यमोहन ।सत्यमोहन अर्थात् शताब्दी लामो समयको प्रतिबिम्ब ।सत्यम्, शिवम्, सुन्दरम् अर्थात् शिवजस्तै सुन्दर अनि सत्य पनि ।समयले बनायो सत्यमोहन, सत्यमोहनले बनाए समय ।”

सडक जिन्दगानी (अनुसन्धानमूलक पुस्तक)

मूल्य रु. १४०/- भुँडीपुराण प्रकाशनको “सडक जिन्दगानी” रेवतराज तिमिल्सिना र शिवप्रसाद पौडेलद्वारा तयार पारिएको अध्ययन हो।यस अध्ययनले सडक बालबालिका तथा युवा युवतीहरूको जीवनचर्यामा प्रहरीहरूसंग हुने उनीहरुको सम्पर्कलाई उजिल्याएको छ।यस अध्ययनका लागि सडक बालबालिका तथा युवाहरू भन्नाले पहिलो श्रेणीमा फोहोरको डुङ्गुरबाट प्लाष्टिक वा फालिएका सामानहरू सँगालेर कवाडमा बेच्ने बालबालिका तथा युवाहरू…

विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको छ ।नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहासको खोजी, यी शिक्षा पद्धतिमा…

द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद” हस्तबहादुर केसीद्वारा तयार पारिएको दार्शनिक पुस्तक हो ।लेखकका शब्दमा, “मार्क्सले परिकल्पना गर्नुभएको वर्गविहिन समाजको सिर्जना नगरी सभ्य र सुसंस्कृत समाजको सिर्जना हुन सक्दैन । त्यसैले यो साना पुस्तिकामा द्वन्द्ववाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद आदिका बारेमा नेपाली समाजको अन्तरवस्तुलाई चिनेर नेपाली…

जनविद्रोह र सिद्धान्त (दर्शन र विचार)

मूल्य रु. ९००/- भुँडीपुराण प्रकाशनको “जनविद्रोह र सिद्धान्त” हस्तबहादुर केसीद्वारा तयार पारिएको वैचारिक कृति हो ।प्रस्तुत पुस्तकमा ‘जनविद्रोह र सिद्धान्त’का प्रश्नहरूमा विशेष ध्यान दिने प्रयास गरिएको छ ।‘जनविद्रोह र सिद्धान्’ परस्पर अन्तर्सम्बन्धित विषय हुन् । क्रान्ति र विद्रोहका बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । क्रान्तिका बीचबाट विद्रोहको विकास हुने गर्दछ भने…