Menu Close

Tag: religious

वेद-वेदाङ्गोपाङ्ग-विमर्शः (सङ्क्षिप्त नेपाली अनुवाद र शास्त्रीय निबन्धहरू सहित)

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “वेद-वेदाङ्गोपाङ्ग-विमर्शः” आमोदवर्धनः कौण्डिन्न्यायनःद्वारा तयार पारिएको पुस्तक हो ।वैदिक-सनातन-वर्णाश्रम-धर्मका अनुयायीहरूका निम्ति सबै प्रकारको ज्ञानको स्रोतका रूपमा रहेको वेदादि शास्त्र महत्त्वपूर्ण र सुव्यवस्थित वाङ्मय हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका रूपले चार प्रकारमा विभक्त वेदका मन्त्र र ब्राह्मण गरेर दुई भाग हुन्छन् । ब्राह्मणग्रन्थहरूमा प्रायः प्रसिद्ध…

ऋग्वेद

मूल्य रु. ९९५/- भुँडीपुराण प्रकाशनको “ऋग्वेद” मोदनाथ शास्त्रीद्वारा अनुवाद गरिएको पुस्तक हो ।यो पुस्तक दश मण्डल, मूल ऋग्वेद अनुसार १०५५१ ऋचाको विभिन्न छान्दस पद्यमा जनसाधारणले पनि बुझ्न सक्ने सरल भाषामा अनुवाद गरिएको छ ।

पञ्चतन्त्रका कथा

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “पञ्चतन्त्रका कथा” विष्णुकुमारी देवीद्वारा अनुवादित धार्मिक कथासङ्ग्रह हो ।“पञ्चतन्त्रका कथा” छोटाछोटा कथाहरूको संगालो हो । यो संस्कृत साहित्यको अमर कृति हो । विश्वका धेरै भाषामा यसको अनुवाद भएको छ । यसमा पशुपंछीका कथाहरू छन् । केही कथामा मानिस पात्र पनि छन् ।इसपका नीति कथाहरूजस्तै पञ्चतन्त्रका…

नेपाली संक्षिप्त भारत

मूल्य रु. ६९०/- भुँडीपुराण प्रकाशनको “नेपाली संक्षिप्त भारत” पं चक्रपाणि चालिसेद्वारा तयार पारिएको महाभारतको संक्षिप्त नेपाली अनुवाद हो ।महाभारत सर्वमान्य एक ठूलो आर्य इतिहासको संस्कृत ग्रन्थ हो । सम्पूर्ण आर्यहरू यसलाई अतिशय पूज्य दृष्टिले हेर्दछन् । यसको पूज्यभाव यहाँसम्म छ कि यसलाई आर्यहरू वेदबराबर सम्झन्छन् । यसकारणले महाभारतको श्रवण, मनन…

महाभारतका कथा

मूल्य रु. ४००/- भुँडीपुराण प्रकाशनको “महाभारतका कथा” प्रकाशमणि दहालद्वारा तयार पारिएको धार्मिक कथासङ्ग्रह हो ।आदिकाव्य रामायणले प्रस्तुत गरेको आदर्श समाज विपरीत महाभारतले संसारको रङ्गमञ्चमा प्रदर्शित हुने यथार्थ समाजको, स्वार्थ, रागद्वेष, छलकपट, द्वन्द्व, हत्या-हिंसा र विनाशको यथार्थ चित्र प्रस्तुत गरेको छ ।यस कथासङ्ग्रहमा संख्याका दृष्टिले १६ थान बहुचर्चित कथा छन् ।

शुक्ल यजुर्वेद संहिता

मूल्य रु. ८००/- भुँडीपुराण प्रकाशनको “शुक्ल यजुर्वेद संहिता” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यो शुक्ल यजुर्वेद सुबोध मोदभाष्यले मानवलाई व्यवहारिक ज्ञान, पारामार्थिक ज्ञान, आध्यात्मिक ज्ञान, भौतिक ज्ञान, प्राचीन राजनीतिक ज्ञान, समेत उपलब्ध गराउन सफल भएको छ र आधुनिक राजनीतिज्ञान पनि हुनेछ।यसको साथसाथै यो कर्मचारीलाई नैतिक बनाउन पनि सफल हुनेछ…

सरल एवं पूर्ण यमपन्चक पूजा-विधि

मूल्य रु.१५०/- भुँडीपुराण प्रकाशनको “सरल एवं पूर्ण यमपन्चक पूजाविधि” मणीराम कोइरालाद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यस पुस्तकमा तिहारका पूजाका लागी चाहिने सामाग्रीहरुदेखि लिएर गर्न पर्ने कार्यहरु सरल ढंगबाट प्रस्तुत गरिएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।

रामायण

मूल्य रु.८००/- भुँडीपुराण प्रकाशनको “रामायण” मोदनाथ शास्त्रीद्वारा तयार पारिएको धार्मिक पुस्तक हो।यस पुस्तकमा भगवान श्रीरामको जीवनकाल लाई सरल ढंगबाट प्रस्तुत गरिएको छ।यो पुस्तकको मद्दतले धर्तीमा मनुष्य भएर जन्मिसकेपछी के-कस्ता कार्य गर्नुपर्छ भनेर पाठ सिकाइएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।

भग्वदगीता-ज्ञान

मूल्य रु.१३०/- भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ।यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।