Menu Close

वेद-वेदाङ्गोपाङ्ग-विमर्शः (सङ्क्षिप्त नेपाली अनुवाद र शास्त्रीय निबन्धहरू सहित)

  • भुँडीपुराण प्रकाशनको “वेद-वेदाङ्गोपाङ्ग-विमर्शः” आमोदवर्धनः कौण्डिन्न्यायनःद्वारा तयार पारिएको पुस्तक हो ।
  • वैदिक-सनातन-वर्णाश्रम-धर्मका अनुयायीहरूका निम्ति सबै प्रकारको ज्ञानको स्रोतका रूपमा रहेको वेदादि शास्त्र महत्त्वपूर्ण र सुव्यवस्थित वाङ्मय हो । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका रूपले चार प्रकारमा विभक्त वेदका मन्त्र र ब्राह्मण गरेर दुई भाग हुन्छन् । ब्राह्मणग्रन्थहरूमा प्रायः प्रसिद्ध आरण्यक र उपनिषदहरू अन्तर्भूत हुन्छन् । तीती वेदशाखासित सम्बद्ध श्रौतसूत्र, गृह्यसूत्र र धर्मसूत्रहरू पनि वेदझैँ धर्ममा प्रमाण मानिन्छन् ।
  • यस ग्रन्थमा वेद, वेदाङ्ग र वेदाङ्गोपाङ्गहरूको विवेचनपूर्वक सङ्क्षिप्त परिचय प्रस्तुत गरिएको छ ।