Menu Close

लाखे पुलामी (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “लाखे पुलामी” दीनानाथ शर्माद्वारा तयार पारिएको कथासङ्ग्रह हो ।
  • साहित्य सिर्जना गर्नु एक प्रकारले ध्यानमा बस्नुजस्तै हो । कुनै समस्यामा केन्द्रित भएर देश, काल, पात्र, परिवेश, विचार आदिका उचित संयोजन गरेर एउटा सिर्जनाको असली प्रारुप तयार गर्नु आफैँमा एक श्रमसाध्य काम हो । अनेक उत्तरदायित्व पूरा गर्नुपर्ने व्यस्त जीवनका बहुमूल्य क्षणहरूलाई उपयोग गर्दै उहाँले आफ्ना सिर्जनामार्फत् आञ्चलिक पनि भन्न मिल्ने किसिमले कालीगण्डकीको सेरोफेरो, त्यसको वरपरका गाउँबस्तीका दुःखी, निर्धा, निमुखा जनका कथा-व्यथालाई सरल शब्दमा उत्खनन गर्ने प्रयत्न गरेको देखिन्छ ।