भुँडीपुराण प्रकाशनको “मन्दोदरीदेखि मार्क्ससम्म (समाज, संस्कृति र साहित्यविमर्श)” राप्रउ पोखरेलद्वारा तयार पारिएको पुस्तक हो ।
हाम्रो राजनीतिक पाटोको जटिलताले समाजका अरु महत्त्वपूर्ण पक्षहरू ओझेलमा परिरहेका छन् । हामी मूलतः अझै धेरै कुरामा अशिक्षित नै छौँ । लोकतन्त्रको आधारभूत व्यवहार भनेकै निर्वाचित जनप्रतिनिधिबाट राज्यसञ्चालन गरिने व्यवस्था हो तर मतदातामा राजनीतिक चेतना र विवेकको विकास अझै भइनसकेको अवस्था छ, जसले गर्दा अवाञ्छित व्यक्तिहरू पनि चुनाव जितेर जनप्रतिनिधि बनेर हैकम चलाइरहेका छन् । हामी आशा गर्छौँ यो स्थिति आगामी दिनमा फेरिने छ र देशको सुन्दर भविष्य कोर्ने राजनीतिक नेतृत्व हामी जन्माउने छौँ ।