Menu Close

सजिलो अङ्ग्रेजी बोलचाल पाठमाला

  • भुँडीपुराण प्रकाशनको “सजिलो अङ्ग्रेजी बोलचाल पाठमाला” गुणराज लुइटेल र तेजबहादुर श्रेष्ठद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • भाषिक ज्ञान व्यक्तिको निजी सम्पत्ति हो। घर-व्यवहार, व्यवसाय, शिष्टता, सेवा संचार, लेनदेन, पर्यटन, पदयात्रा, सूचना प्रविधि, सामाजिक संजाल लगायतका क्षेत्रहरूमा अङ्ग्रेजी भाषाको प्रयोग अधिक छ। सम्बन्धित क्षेत्रका शब्दावली, तिनीहरूको प्रयोग, भाषिक व्याकरण, वार्ताशैली, उच्चारण, भाषिक अनुवाद र प्रयोगपछि आफ्नै मुल्याङ्कनका लागि अभ्यास खण्डसमेत समावेश गरी यो पुस्तक तयार पारिएको छ।
  • साधारण लेखपढ गर्न जान्ने साक्षरदेखि भाषिक सचेतक सबैमा यो पुस्तक उपयुक्त हुने विश्वास गरिएको छ।
  • सिकाइका प्रारम्भिक चरणमा गरिने वेवास्ताले पनि भाषिक ज्ञानमा कमी आउँछ र प्रयोगमा समस्या देखापर्छ। अङ्ग्रेजी भाषामा प्रयोगका हिसाबले एउटै शब्दले पनि विविध अर्थहरू दिन्छ भने धेरै शब्दहरू पनि एउटै अर्थका लागि प्रयोग हुन सक्छन्।
  • यो पुस्तकलाई गाउँदेखि सहरसम्म, राष्ट्रदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा रहनुभएका सबै नेपाली भाषीहरूमा सुम्पिएका छौँ।