भुँडीपुराण प्रकाशनको “कोरियन भाषा” इ गिजु (मुना) र मोहन कार्कीद्वारा तयार पारिएको कोरियन भाषासम्बन्धी पाठ्यसामग्री हो।
रोजगार अनुमति प्रणाली लागू भएपछी कोरियन भाषा पढ्न चाहने नेपालीहरूको सङ्ख्या धेरै नै बढेको छ। यो पुस्तकमा कोरियन भाषालाई पहिलोचोटि सिक्ने व्यक्तिहरू जो कोहिले पनि सजिलै बुझ्न सक्ने गरी कोरियन लिपि हान्गुलदेखि व्याकरण र संरचनासम्म नेपालीमा बिस्तारमा वर्णन गरिएको छ।
यस पुस्तकमा कोरियन भाषा र नेपाली भाषाको ठ्याक्कै मिल्ने अभिव्यक्ति र व्याख्यामा जोड दिइएको छ।