Menu Close

अङ्ग्रेजी बोलचाल पाठमाला तथा उद्घोषण कला

  • भुँडीपुराण प्रकाशनको “अङ्ग्रेजी बोलचाल पाठमाला तथा उद्घोषण कला” गुणराज लुइटेलद्वारा तयार पारिएको पाठ्यसामग्री हो।
  • विशेषत: नेपाली नागरिकहरू नै यस पुस्तकका पाठक हुनुहुन्छ भन्ने सोचाइलाई केन्द्रविन्दु मानी भाषिक ज्ञानका रूपमा विकास गरिएको यस पुस्तकले विविध मातृभाषा तथा राष्ट्रभाषा बोल्ने हामी सबैलाई अङ्ग्रेजी भाषाको अध्ययन मार्गतिर डोर्याउने छ भन्ने विश्वास गर्दछौँ।
  • मूलत: यस पुस्तकलाई चार खण्डमा विभाजन गरिएको छ। प्रथम खण्डमा सिकाइ (Learning) अन्तर्गत व्याकरणात्मक सुद्धताका साथ विचार आदानप्रदान गर्ने/ गराउने शिल्पीज्ञान समावेश गरिएको छ। दोस्रो खण्डमा ज्ञान (Knowledge) पक्षलाई समेटिएको छ। यसले शब्दहरूको ज्ञान दिलाउने छ। तेस्रो खण्डमा व्यवहारिक अङ्ग्रेजी (Practical English) समावेश गरिएको छ। यसले सामान्य अभिवादनदेखि शिष्टतापूर्वक बोलिने भाषिक मार्गलाई अवलम्बन गरेको छ। चौथो खण्डमा विविध क्षेत्रमा उपयोगी हुने पत्रलेखन (Letter Writing) लाई व्यवहारिक रुप दिइएको छ।
  • यस पुस्तकले उद्घोषण कला (Art of Anchoring) का अतिरिक्त औपचारिक कार्यक्रम (Formal Programme) संयोजनका विषयमा समेत जानकारी दिलाउने छ।