Menu Close

मखमलीका राजाहरू (कथासङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “मखमलीका राजाहरू” माधव सयपत्रीद्वारा तयार पारिएको कथा सङ्ग्रह हो ।
  • पुस्तकबाट साभारः “गाउँघरमा अझै पनि ‘मखमलीका राजाहरू’ छन् । अन्याय, पीडा र प्रताडना भोग्न बाध्य छन् । ‘मखमलीहरू’ पारिवारिक र सामाजिक विभेदको सिकार भएकै छन्, धर्मको नाउँमा । परम्पराको नाउँमा । केही शहर आधुनिक भए भन्दैमा गाउँलाई भुल्नु हुँदैन । घरघरमा राजाहरू छन् । गाउँगाउँमा राजाहरू छन् । राजदरबारका राजा हटेर के गर्नु ! गाउँमा त के सभ्य भनाउँदो शहरमा पनि ‘महाराजा प्रवृत्ति’ बाँचेकै छ । हामीभित्र पनि ‘राजा चरित्र’ जीवितै छ । त्यसैले त्यस्ता भुरेटाकुरे राजा चरित्रलाई नङ्ग्याउनु जिम्मेवार एउटा कथाकारको दायित्व पनि हुन आउँछ ।