Menu Close

विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन

  • भुँडीपुराण प्रकाशनको “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” डा. खगराज बरालद्वारा तयार पारिएको पुस्तक हो ।
  • यो पुस्तक अनुसन्धानमा आधारित छ । डा. बरालले आफ्नो विद्यावारिधि पनि यही विषयमा गर्नुभएको छ ।
  • नेपालको विद्यालय शिक्षा, विशेष गरी गुरुकुल शिक्षा पद्धति र आधुनिक विद्यालय शिक्षा पद्धतिको इतिहासको खोजी, यी शिक्षा पद्धतिमा शिक्षकको व्यवस्थापनमा छनोट र भर्ना, पदस्थापन, पेसागत विकास, बढुवा, सरुवा, सजाय र अवकाश जस्ता सातवटा मापदण्डलाई लिइएको छ ।
  • नेपालमा शिक्षक व्यवस्थापन कसरी गर्दा उपलब्धिमूलक हुन्छ भनी सुझाव सिफारिस गरिएको छ । यसले नेपालको शिक्षक व्यवस्थापनलाई मार्गदर्शन गर्न सक्छ भन्ने अपेक्षा गरिएको छ ।