Menu Close

नेपाली काङ्ग्रेसको इतिहास

  • भुँडीपुराण प्रकाशनको “नेपाली काङ्ग्रेसको इतिहास” डा. सूर्यमणि अधिकारीद्वारा तयार पारिएको ऐतिहासिक पुस्तक हो।
  • यो पुस्तक नेपाली कांग्रेसको समग्र इतिहासमा आधारित छ।
  • पुस्तकबाट साभार:
    “… विरोधमा हडताल, जुलूस प्रदर्शन र आमसभा गर्न सक्छन्, पत्रपत्रिकाले पनि सरकारको विरोधमा लेख्दछन् भन्ने बयान सुन्दा नेपालका रैती दुनियाँहरू आश्चर्य मानेर वाल्ल पर्दथे। उनीहरुका लागि प्रजातन्त्र र मानव अधिकारका कुराहरू अर्कै लोकका कथा कहानीजस्ता अनौठा लाग्दथे।
    … विद्यार्थीहरु आफ्नो पढाई र परीक्षासमेत छोडेर क्रान्तियुद्धमा सरिक भए। विभिन्न वर्ग, क्षेत्र र समुदायका नेपाली साझा उद्देश्यका लागि एकजुट भएर लडे। झापादेखि लिएर धनगढीसम्म युद्ध भयो। राजधानीदेखि लिएर दुर्गम पहाडका जनतासमेत इन्कलावको नारा लगाउंदै उठे। यस युद्धमा हजारौं नेपालीले प्राणको बाजी लगाएर रगत र पसिना बगाए।
    … पार्टीमाथि प्रतिबन्ध लगाउने निरङ्कुश शासकका शालिकमा पार्टीहरूकै झण्डा टाँसीए। जिल्ला, नगर र गाउँहरुमा समेत जुलूसहरू निस्किए। मान्छेहरू खुशीले उफ्रे, नाचे, गाए र नारा लगाए। बाजा बजाए, भाषण गरे र ताली ठटाए। शिरमाथिको निरंकुशताको जाँतो पन्छेको, स्वाभिमान जागेर छाती फुकेको तथा प्रजातान्त्रिक देशको स्वतन्त्र नागरिक भएर शिर उँचा भएको अनुभव गरे।”