Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ५)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको पाँचौँ भाग हो।
  • यस पुस्तकमा राष्ट्रिय मेलमिलापको नीतिदेखी वीपीको निधनसम्मको घटनाक्रम समेटिएको छ।
  • पुस्तकबाट साभार:
    “… जाने बेलामा म नेपाली नागरिकहरूलाई यही भन्न चाहन्छु कि जुन एउटा दिशा निर्देशन हामीले गरेका छौं, त्यसमा हामीले अडेर बस्नुपर्छ र त्यसैबाट हामीहरू अघि बढ्न सक्छौं। न उग्रनारा दिएर यहाँको समस्या समाधान हुन्छ न विरोधीले गर्नुपर्ने जवाफदेहीपूर्ण कर्तव्य छोडेर। विरोधीले जे पनि विरोध गर्न पाउँछ भन्ने धारणा पनि हामीले त्याग्नुपर्छ। मेरो अचेलको मान्यता के छ भने सरकारी पक्षलाई बरु जवाफदेहीको उक्ति बोध हुने छैन। उनीहरुको हातमा शासनयन्त्र छ, पुलिस छ, पल्टन छ, ऊ त गैरजवाफदेही पनि हुन सक्छ। विरोधमा बसेका मानिसहरुलाई त एउटा ठुलो नैतिकताको र आफ्नो जवाफदेहीको बोध हुन्छ र त्यसैबाट नै त्यसले जनतालाई अग्रसर गर्न सक्तछ।”