Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग २)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको दोस्रो भाग हो।
  • पुस्तकबाट साभार:
    “दिल्ली सम्झौतामा नेपाली काङ्ग्रेसको सहभागिता भने थिएन। नेपाली सरकारबाट केशरशमशेर र भारत सरकारका तर्फबाट चन्देश्वरप्रसादनारायण सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए भनेर भनेका छन्। अर्थात दिल्ली सम्झौता नेपालको राणा पक्ष र भारत सरकारको बीच सम्पन्न भएको थियो र त्यसलाई स्वीकार गर्न नेपाली काङ्ग्रेसलाई बाध्य बनाइएको थियो।
    त्यतिखेर मातृकाप्रसाद कोइराला र राजा त्रिभुवनको घनिष्ठ सम्बन्ध भएकाले यी दुवै व्यक्ति विश्वेश्वरप्रसाद कोइराला र नेपाली काङ्ग्रेसलाई राजनीतिक फाइदा उठाउन दिन चाहँदैन थिए।
    हालै नेहरुले भारतीय संसद्मा नेपाललाई जे भन्नुभयो त्यसले देशभक्त नेपालीको मनमा चिन्ता पैदा गरेको छ। एक सार्वभौमिक सत्तासम्पन्न राष्ट्रको सीमालाई आफ्नो सुरक्षाको सिमाना हो भन्नु सरासर ज्यादती हो। यसबाट नेपालको अस्तित्वलाई नै नमान्न खोजेको स्पष्ट देखिन्छ।
    जुन प्रजातन्त्रले राणाहरूको कैदमा रहेको राजतन्त्रलाई मुक्त गरेको थियो, त्यही राजतन्त्रले त्यही प्रजातन्त्रलाई कैद गर्यो। अब राजनीतिक दलहरूको लागि पुन: संघर्ष गर्नु सिवाय अर्को विकल्प रहेको थिएन।”