Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ३)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको तेस्रो भाग हो।
  • यस पुस्तकमा पटना सम्मेलनदेखि सशस्त्र आन्दोलन २०१८ को स्थगनसम्मको घटनाक्रम समेटिएको छ।
  • पुस्तकबाट साभार:
    “आज (कार्तिक २६ गते) क्रान्ति दिवस हो। २००७ सालमा आजकै शुभदिनमा राणाशाहीको विरोधमा सारा देशमा क्रान्ति सुरू भएको थियो र लाखौँ नरनारीले आफ्नो जीउ-धनको बाजी लगाएर मुलुकमा प्रजातन्त्र ल्याएका थिए। तर राजा महेन्द्रले जनताको त्यो प्रजातन्त्रलाई एक टेढो आँखालेसम्म देख्न सक्नु भएन… २०१७ साल पुस १ गते उहाँले जनताले रोजेको सरकार र संसद्लाई भंग गरी जनताको सारा हक तथा अधिकार खोसेर देशलाई अँध्यारो तुल्याइदिनुभयो, प्रजातन्त्रलाई खत्तम पारिदिनुभयो। यहीँदेखि राजाको निजी स्वार्थ र जनता जनार्दनका बीचमा संघर्ष सुरु भएको हो र खुशीको कुरो यो छ कि राजाले जतिसुकै ढाकछोप गर्ने कोसिस गरे तापनि यो संघर्ष जिल्ला-जिल्लामा दिनदिनै बढ्दै जाँदो छ। राजाको मनपरी शाशनको विरोधमा जनताले आफ्नै बलबुद्धीले चलाएको यो संघर्षलाई संसारका सबै प्रजातान्त्रिक देशहरूको नैतिक समर्थन मिलेको र त्यसकारण यो संघर्ष छिट्टै सफल हुन्छ, एकतान्त्री शासन खतम हुन्छ र जनताको आफ्नो शासन फेरि कायम हुन्छ, यसमा सन्देह छैन। तपाईंहरूलाई नेपाली काङ्ग्रेस यस कुराको पूरा विश्वास दिलाउन चाहन्छ।”