Menu Close

नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)

  • भुँडीपुराण प्रकाशनको “नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली काङ्ग्रेस (भाग ८)” डा. राजेश गौतमद्वारा तयार पारिएको नेपाली काङ्ग्रेसको इतिहास शृंखलाको आठौँ भाग हो।
  • यस पुस्तकमा बहुदलिय व्यवस्थाको पुनर्स्थापनादेखि आमनिर्वाचन २०४८ सम्मको घटनाक्रम समेटिएको छ।
  • पुस्तकबाट साभार:
    “यथार्थमा त्यतिखेर गणेशमान सिंहले प्रधानमन्त्री पद लिएको भए नेपालको प्रजातान्त्रिक राजनीतिलाई आफ्नो पकडमा राखिराख्न चाहने कोइराला परिवारको लागि त्यो स्वीकार्य हुँदैनथ्यो र त्यहींबाट विरोधको पहिलो स्वर निस्कन्थ्यो। गणेशमान सिंहले यो कुरा पनि प्रस्टसँग बुझेका थिए। उनी नेपालको प्रजातान्त्रिक राजनीतिमा आफ्नो कारणबाट विरोध र विवाद प्रवेश गराई नेपाली काङ्ग्रेसलाई कमजोर बनाउन चाहेनन्। त्यसैले पनि उनले प्रधानमन्त्री पद अस्वीकार गरेका थिए।”