Menu Close

प्रतिध्वनि

  • भुँडीपुराण प्रकाशनको “प्रतिध्वनि” लक्ष्मण राजवंशीद्वारा तयार पारिएको निबन्ध संग्रह हो।
  • पुस्तकबाट साभार:
    “समय के हो र जीवनका प्रत्येक पलसँग यो कसरी गाँसिएको छ, यसबारे अधिकांश मानिस कुनै वास्ता गर्दैनन्। मानौँ समय सबभन्दा सस्तो, फालाफाल र जति खर्चे पनि जीवनमा नसिद्धिने चीज हो उनीहरूका लागि। ‘समयलाई कसरी बुझूँ’ मा लेखकले यसको गुण, स्वभाव, महत्त्व, मूल्यवत्ता आदिबारे विभिन्न कोणबाट बडो तार्किक र मार्मिक ढंगले विवेचना गरेका छन्। यसले पाठकलाई आफ्नै जीवनको बाँकी आयु, अवधि र पूरा गर्दै जानुपर्ने दायित्वबारे झसङ्ग तुल्याउँछ।”