Menu Close

Tag: संकलन

रोकिँदै हिँड्दै

मूल्य रु. ३००/- भुँडीपुराण प्रकाशनको “रोकिँदै हिँड्दै” प्रतिक्षा रिजालद्वारा तयार पारिएको फुटकर रचनाहरूको सङ्ग्रह हो ।लेखक प्रतीक्षा विविध विधामा एकदशक अघिदेखी कलम चलाइरहनु भएको छ ।यस कृतिमा उहाँद्वारा लिखित सतचालिसवटा रचना समावेश छन् ।यस कृतिमा भएका रचनाहरू के कस्ता छन् वा तिनीहरूको स्वाद कस्तो छ, अध्ययनपछि यहाँहरूले बुझ्नु नै हुनेछ…

नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “नेपालमण्डलका सांस्कृतिक सम्पदाहरू” प्रकाश दर्नालद्वारा तयार पारिएको पुस्तक हो ।नेपाली मूर्तिकला (हिन्दु र बौद्ध), नेपाली वास्तुकला (हिन्दु र बौद्ध) र नेपालको धार्मिक इतिहास, परम्परा र विश्वासलाई बडो रोचक ढङ्गबाट केलाएर, अध्ययन, अनुसन्धान गरेर विविध लेखहरूको मालालाई जोडी एउटा पुष्प गुच्छाझैँ यो पुस्तक तयार पारिएको छ…

नेपालको भूगोल (Geography of Nepal)

मूल्य रु. ५९०/- भुँडीपुराण प्रकाशनको “नेपालको भूगोल” डा. गोपीकृष्ण पाण्डेद्वारा तयार पारिएको संकलन सामग्री हो ।यस पुस्तकमा समावेश गरिएका विभिन्न किसिमका विषयवस्तुहरूले नेपालको भूगोलको ज्ञानको क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ ।नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश भएकोले यहाँ थोरै उचाइमा पनि धेरै प्राकृतिक अवस्थामा परिवर्तन हुन्छ…

श्रमिक बरालका फुटकर रचना (कथा, लघुकथा र कविता)

मूल्य रु. १२०/- भुँडीपुराण प्रकाशनको “श्रमिक बरालका फुटकर रचना” साहित्यकार श्रमिक बरालले पचासको दशकमा लेखेका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका कथा, कविता र लघुकथालाई सङ्कलन गरी तयार पारिएको पुस्तक हो ।यसमा लेखकले आफ्ना अनुभूति गरेका तत्क्षणलाई आफ्ना सिर्जनामा प्रतिविम्बित गर्न कविता, कथा र लघुकथालाई साधनका रूपमा लिएका छन् ।

लेखन कला

मूल्य रु. ३२०/- भुँडीपुराण प्रकाशनको “लेखन कला” बद्रीप्रसाद ढकालद्वारा तयार पारिएको पुस्तक हो ।यस पुस्तकमा समाविष्ट सबैका मनमा उब्जेका कुरालाई कसरी सिलसिलाबद्ध रूपमा कसरी लेख्न सकिन्छ भन्ने कुरालाई लेखिएकाले यस पुस्तकबाट दैनिक जीवनमा आइपर्ने विभिन्न कागजात घरायसी कागज, चिठीपत्र, बधाइ, शुभकामना, श्रद्धाञ्जली, तमसुक, निवेदनजस्ता कुरा के कसरी लेख्ने भन्नेका साथै…

साबिती बयान (संस्मरण)

मूल्य रु. ३९०/- भुँडीपुराण प्रकाशनको “साबिती बयान” राम विनयद्वारा तयार पारिएको संस्मरण संग्रह हो।यो निबन्ध/अनुभूति सँगालोमा लेखकले साहित्य एवम् बैंकिङ क्षेत्रमा क्रियाशील रहँदा भोग्नुपरेका उतारचढावहरू रेखाङ्कित छन्।यस संस्मरण संग्रहभित्र तेह्रवटा संस्मरणात्मक निबन्धहरू संग्रहीत छन्।यी संस्मरणहरूमा प्रस्तुत विषय, सन्दर्भ, घटना र चरित्रहरूलाई लेखकले विभिन्न उपशिर्षकमा बाँडेका छन्।

ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान

मूल्य रु. ४९०/- भुँडीपुराण प्रकाशनको “ज्ञानको खोज अध्यात्मभित्रको विज्ञान” डा. नरविक्रम थापाद्वारा तयार पारिएको आध्यात्मिक पुस्तक हो।यदि मानिसले जीवनमा दु:ख र विपतलाई पन्छाएर सन्तुष्टि, समन्वय, सुख र शान्ति उपभोग गर्न चाहेमा आत्मजागरण र चेत प्राप्तिद्वारा अकाम्य कर्मलाई परिवर्तन गर्नुपर्ने सन्देशले यो युगको चेष्टालाई बिस्तारै शान्तिको मार्गमा डोहोर्याउन सहयोग मिल्छ।आत्माबोधले मात्र…

Trends in Mathematics Education

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “Trends in Mathematics Education” डा. एम.पी. क्षेत्रीद्वारा तयार पारिएको संकलन सामग्री हो।यो पुस्तकको विषयवस्तु गणित शिक्षाका विद्यार्थीहरूको लागि सधैं चाहिने र अध्यावधिक भइरहनुपर्ने भएकाले यो एउटा Handbook को रूपमा रहिरहने पुस्तक हो जुन गणित शिक्षकको लागि पनि त्यत्तिकै आवश्यक छ।

चित्रेको सम्झनामा (In Memory of Chitre)

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “चित्रेको सम्झनामा” कोरियाली स्वयमसेवक विद्यार्थीका रचनाहरूलाई मोहन कार्कीद्वारा नेपालीमा अनुवाद गरिएको पुस्तक हो।पूर्ण युवा स्वयमसेवकहरूले लेखेको यो किताबमा नेपालमा बिताउँदा उनीहरुले गरेका अनुभवहरूलाई उतारिएको छ।

गाउँको उत्थानमा सुकरात

मूल्य रु. २५०/- भुँडीपुराण प्रकाशनको “गाउँको उत्थानमा सुकरात” एफ.एल. ब्राइनद्वारा रचिएको र माधवप्रसाद अधिकारीद्वारा अनुवाद गरिएको ग्रामीण जनताको चौतर्फी चेतना उत्थानका लागि महत्त्वपूर्ण पुस्तक हो।यो पुस्तक सुस्पष्ट र सबल ढङ्गले लेखिएको छ र यसले ग्रामीण जीवनको अँध्यारा कुनाकुनामा प्रकाश पुर्याउने काम गरेको छ।ब्राइनको ब्रह्मले ठहर्याएको सत्यलाई तर्कपूर्ण ढङ्गले जो प्रस्तुत…