Menu Close

Tag: संकलन

उज्यालोको खोजीमा: संघर्षका पाइला

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “उज्यालोको खोजीमा: संघर्षका पाइला” खिमा रिजालद्वारा तयार पारिएको संस्मरण हो।यो पुस्तक माओवादी द्वन्द्वकालको संस्मरण भन्न सकिन्छ।यस कृतिमा लेखकले ती साहसिक नारी पात्रहरूलाई सम्झेकी छिन्, जसले माओवादी द्वन्द्वकालमा कल्पनै गर्न नसकिने जेलब्रेकजस्ता कार्यहरू गरी नेतृत्व तहबाटै स्याबासी समेत पाएका थिए।त्यसै गरी उनले त्यस्ती आमालाई समेत सम्झेकी…

सुदूर पश्चिमका उखान

मूल्य रु. १५०/- भुँडीपुराण प्रकाशनको “सुदूर पश्चिमका उखान” गणेशराज जोशीद्वारा तयार पारिएको संकलन सामग्री हो।यो पुस्तक उखानहरूको सङ्कलन हो।यसमा डोटेली, अछामी, बझाङ्गी, बैतडेली भाषाका जनजिब्रोमा प्रचलित उखानहरू समावेश गरिएका छन्।

गैँडालाई चार वर्ष

मूल्य रु. ४८०/- भुँडीपुराण प्रकाशनको “गैँडालाई चार वर्ष” कमल जंग कुँवरद्वारा तयार पारिएको संकलन सामग्री हो।कमलजंग कुँवर वन, वन्यजन्तु र वातावरण संरक्षणका क्षेत्रमा पच्चीस वर्षदेखि क्रियाशील छन्। उनले चितवन राष्ट्रिय निकुञ्जमा सहायक वार्डेन छँदा चोरी सिकार प्रतिरोध इकाइको प्रमुख भई गैँडा संरक्षणमा उल्लेखनीय भूमिका खेलेका छन्।यस पुस्तकमा लेखकले आफ्ना सबै…

मेरा आँखामा चीन

मूल्य रु. २००/- भुँडीपुराण प्रकाशनको “मेरा आँखामा चीन” चेतनाथ आचार्यद्वारा तयार पारिएको चीनसम्बन्धी लेख संग्रह हो।लेखककै शब्दमा “यो पुस्तक चीनको बारेमा समग्र जानकारीमुलक सामग्री होइन। चीन आफैंमा विशाल मुलुक हो। त्यो मुलुकभित्रका सांस्कृतिक, आर्थिक, सामाजिक, भौगोलिक, राजनीतिक आदि विषयमा मैले पाएको, देखेको, पढेको, अनुभव गरेको आदि कुराको सानो अंश मात्र…

विश्वचर्चित व्यक्तिहरू

मूल्य रु. ५००/- भुँडीपुराण प्रकाशनको “विश्वचर्चित व्यक्तिहरू” मधुसूदन पाण्डेयद्वारा रचिएको संकलन हो।यस पुस्तकमा विश्वका महान् आविष्कारक, इतिहासकार, साहित्यकार, खेलाडी, भौतिकशास्त्री, रसायनशास्त्री, समाजसेवी, तानाशाह, विचारक, अन्तरिक्ष यात्री, पर्यटक, अर्थशास्त्री, राजनीतिज्ञ, शान्तिकामी, आतंककारी, कलाकार जस्ता विभिन्न क्षेत्रमा प्रख्याती तथा कुख्याती कमाएका व्यक्तित्वलाई समेटिएको छ।

चट्याङका उटपट्याङ

मूल्य रु. १००/- भुँडीपुराण प्रकाशनको “चट्याङका उटपट्याङ” माणिकरत्न शाक्यद्वारा संकलन/सम्पादन गरिएको हास्य व्यंग्य संग्रह हो।यस पुस्तकमा हास्य र व्यंग्यका बेग्लै खालका, पुस्तकाकार (चट्याङ्ग मास्टर)का रूपमा आउने सम्भावना भएका रचनाहरु मात्र संग्रहित गरिएको छ।छोटो अवधिमा तयार पारिएको यस कृतिले हास्यव्यंग्यका पाठकहरुलाई भने भरपुर मनोरंजन दिनेछ भन्ने विश्वास हामीले गरेका छौं।

खुसुक्क भन्नुस्

मूल्य रु. २९०/- भुँडीपुराण प्रकाशनको “खुसुक्क भन्नुस्” गोपालराज मैनाली र माणिकरत्न शाक्यद्वारा तयार पारिएको एक हाँस्य व्यंग्य संग्रह हो।कृष्णप्रसाद पराजुलीका शब्दमा “मैनाली आफ्ना जुनसुकै रचनामा थोरैमा धेरै कुरा व्यक्त गर्छन् – खिरिलो र सजिलो भाषामा खँदिलो र गहकिलो भाव प्रवाहित गर्ने कला उनीमा छ।”संकलक झ्याइकुटीका शब्दमा “यस कृतिमा उहाँ (गोपालराज…