भुँडीपुराण प्रकाशनको “कसको जीत ?” गोपालप्रसाद थपलियाद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
यस लघुकथा कृतिमा लेखकको राजनीतिक विचारको प्रभाव पाइन्छ । उनका लघुकथा उनको वैचारिक दृष्टिका प्रवक्ता हुन् । नेपाली राजनीतिको पछिल्लो परिदृश्यप्रति थपलियाको दृष्टिकोण बुझ्न यी लघुकथा अध्ययन गर्नुपर्ने हुन्छ ।
त्यसका साथसाथै उनका लघुकथामा पारिवारिक जीवनसँग जोडिएर पारिवारिक घटनाको प्रस्तुति पाइन्छ । त्यसै गरी साधनहीन नागरिकको जीवनप्रति संवेदना भाव पाइन्छ, त्यसै गरी उनका कथाहरूमा सामाजिक जीवनका अनेक क्षेत्रलाई प्रवेश गराइएको पाइन्छ ।