भुँडीपुराण प्रकाशनको “जलप” कुमुदप्रसाद शर्मा प्याकुरेलद्वारा तयार पारिएको लघुकथासङ्ग्रह हो ।
प्रस्तुत लघुकथासङ्ग्रह शीर्षक आजको समय र समाज सापेक्षित बनेको छ । अहिले घर, परिवारदेखि समाजका सबै क्षेत्रमा हुने गरेका काम, व्यवहार वा कुनै पनि सन्दर्भह रूमा जलप नै लाग्ने गरेका देखि न्छन् । कुनै विषय वा सन्दर्भ भएको जस्तै यथार्थ रूपमा प्रकट गरिँदैन । भएकोभन्दा फरक हुने र गरिने आजको कटुसत्य बनेको छ । जुनसुकै कुरामा पनि आँखालाई आकर्षित गर्ने खालका मात्र हुने गरेका छन् । धर्म , राजनीति र समाज मात्र नभएर मानवीय संवेदनामा पनि जलप लाग्ने गरेका छन् । यसले गर्दा सम्बन्धमा हार्दिकताभन्दा बढी कृत्रिमता हुने गरेको यथार्थलाई सङ्ग्रह लघुकथाहरूमा स्पष्ट पार्ने पूर्ण प्रयास भएका छन् ।