Menu Close

नाजवाफ (उपन्यास)

  • भुँडीपुराण प्रकाशनको “नाजवाफ” नहकुल जोशीद्वारा तयार पारिएको उपन्यास हो ।
  • डा. नवराज लम्सालका शब्दमा, “नेपाली सन्दर्भमा युद्धसाहित्य लेखन बाँकी छ र साहित्यिक बहसको झन् बढी आवश्यकता छ । यसै त कम लेखिएको भनिएको कर्णाली र सुदूरपश्चिम र लेखिएका मध्ये पनि कतिपय लेखकलाई त्यता टेक्दै नटेकी सुनेको भरमा लेखेको आरोप लागेको बेला बाजुराबाट यो पुस्तक आउनु नै एउटा सुन्दर पक्ष हो । जात, सम्पत्ति, युद्ध, राजनीति, प्रेम, संस्कृति र स्थानीय आकांक्षा एउटै कथा भएर बग्दा किशोर चेतना कसरी खलबलिन्छ र मनमा कसरी झुत्ती खेल्छन् परिवर्तनका आँधीबेहरी ? सरल तर सम्प्रेष्य मनोद्वन्द्व छ यसमा । यो नहकुलको आफ्नै वा आफ्नै पुस्ताको द्वन्द्व हो । सत्ताको इतिहास त जित्नेकै लेखिएला, लेखिन्छ पनि तर यही इतिहास र संवेदना हो साहित्यले लेख्ने, जुन कुरा बाजुलाका नहकुलले कोसिस गरेका छन् । ती सीमान्तकृतलाई नछोए त साहित्य कसरी साहित्य बन्ला र ?”
  • डा. राजेन्द्रकुमार आचार्यका शब्दमा, “बाल्यकालदेखि यौवनराम्भ, गाउँदेखि सहरसम्म, गुलेलीदेखि गोलीसम्म, बुद्धदेखि युद्धसम्म, प्रेमदेखि बिछोडसम्म, जातदेखि विद्रोहसम्म, संस्कारदेखि परिवर्तनसम्मका फूलहरू एउटै धागोमा उन्न सफल लेखक नहकुल जोशीको सिर्जनशीलतामा म त मन्त्रमुग्ध भएँ ।”