Menu Close

भूमि-चिन्तन (स्वामित्व र उपयोगमा पुनर्विचारको बहस)

  • भुँडीपुराण प्रकाशनको “भूमि-चिन्तन” माधव प्रसाद बरालद्वारा तयार पारिएको पुस्तक हो ।
  • यस पुस्तकमा भूमिको उपयोग र विकासका उपायहरू सुझाइएका छन्, साथै सान्दर्भिक अन्य केही रोचक सामग्री पनि समेटिएका छन् ।
  • भूमिको उपयोग र विकासमा केन्द्रित भएर पनि यसमा संलग्न विविधतापूर्ण सामग्रीले पुस्तकलाई पठनीर र ज्ञानवर्द्धक तुल्याएको छ । लेखक बराल भूउपयोगका निम्ति जमिन माथिको निजी स्वामित्व उन्मूलन गरिनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । पैतृक र निजी स्वामित्वमा रहेकै कारण जमिनबाट राज्यले उचित लाभ लिन नसकेको निष्कर्ष उहाँको छ ।
  • जमिनसँग लेखकले राष्ट्रियता र राष्ट्रवादलाई जोडेका छन, जो मानिस आफ्नो जन्मभूमिप्रतिको न्यूनतम कर्तव्य निर्वाह गर्न खोज्दैन, जो जमिनलाई निरन्तर उत्पादनको साधनका रूपमा उपयोग गर्ने इच्छाशक्ति राख्दैन, तिनले आफूलाई राष्ट्रवादी देशभक्त राख्दैनन्, तिनले आफूलाई राष्ट्रवादी देशभक्त दावी गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गम्भीर किसिमले उठाउनु भएको छ ।