Menu Close

भावनाको तस्वीर (गजलसङ्ग्रह)

  • भुँडीपुराण प्रकाशनको “भावनाको तस्वीर” युवराज भण्डारीद्वारा तयार पारिएको गजलसङ्ग्रह हो ।
  • “केही देशका कुरा केही परदेशका कुरा, केही नीतिका कुरा, केही राजनीतिका कुरा, केही मनका कुरा, केही धनका कुरा, केही दर्शनका कुरा, केही मननका कुरा, केही शिक्षाका कुरा केही भिक्षाका कुरा … !”, भावनाको तस्वीर यस्तै-यस्तै विषयमा लेखिएका गजलहरूले बनेको छ । यो तस्वीर केवल गजलकार भण्डारीको मात्र भावनाको तस्वीर नबनेर आम पाठकको मनको तस्वीर बनेको छ ।
  • समसामयिक विषय बस्तुलाई आफ्नो सिर्जनाको रङले रङ्‌ग्याएर समयानुकूल आकर्षणको जलप लगाउन सक्नु गजलकारको खुबी हो । यस अर्थमा गजल सङ्ग्रह पठनीय र मननीय बनेको छ ।